इलाममा प्रत्येक ४ दिनमा एक जनाले आत्महत्या गर्छन्


इलाम, २९ बैशाखः इलाम जिल्लामा प्रत्येक ४ दिनमा एक जनाले आत्महत्या इलाम जिल्लामा प्रत्येक ४ दिनमा एक जनाले आत्महत्या गर्ने तथ्य सार्वजनिक भएको छ । तीन आर्थिक बर्षमा भएको आत्महत्याको आङ्कडा नियाल्ने हो भने प्रत्येक ३.८९१ दिनमा एक जनाले आत्महत्या गर्ने गरेको तथ्य बाहिर आएको हो । अञ्चल प्रहरी कार्यालय मेचीले मेची अञ्चलमा भएको आत्महत्याको तथ्याङ्कलाई आधार मानेर तयार पारेको प्रतिवेदनमा यस आर्थिक बर्षमा मात्र आत्महत्याको दर ३५.४ प्रतिशतले बृद्धि भएको उल्लेख छ  भने तीन बर्षलाई आधार मानेर हेर्ने हो भने ३२.३१ प्रतिशतले आत्महत्याको दरमा बृद्धि भएको छ । बुधबारदेखि आत्महत्याको न्युनिकरणको लागि अभियान नै थालेका मेची प्रहरी प्रमुख पिताम्बर अधिकारीले उल्लेखित तथ्याङ्क प्रस्तुत गर्दै आत्महत्याको न्युनिकरणको लागि उपायहरु अबलम्बन गर्नुपर्ने बताए । जिल्ला प्रहरी कार्यालय इलामले इलाममा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा पावरपोइण्ट प्रस्तुति गर्दै अधिकारीले मेची अञ्चलमा महिला भन्दा पुरुषले बढि आत्महत्या गर्ने गरेको बताए । उनले अन्तिम ३ आर्थिक बर्षमा मेची अञ्चलमा एकहजार ४८ जनाले आत्महत्या गरेको जानकारी दिए । ‘१६ बर्ष सम्म उमेर समुहका ८ प्रतिशत, १७ देखि २५ बर्ष उमेर समुहका २१ प्रतिशत, २६ देखि ४० बर्ष उमेर समुहका ३३ प्रतिशत र ४१ देखि ६० बर्ष उमेर समुहका २५ प्रतिशतले मेची अञ्चलमा आत्महत्या गरेको देखियो,’ उनले भने । कार्यक्रममा विषय विज्ञको रुपमा विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मानसिक रोग विभागका प्रमुख नितेश सापकोटालाई सहजकर्ताको रुपमा कार्यक्रममा निम्त्याइएको थियो । उनले आत्महत्या न्युनिकरण गर्नको लागि सञ्चार, सम्पर्क र हेरचाहको महत्वपूर्ण भुमिका हुने बताए । विज्ञसँग सहभागीहरुले प्रश्नोत्तर गरेका थिए । जिल्ला प्रहरी कार्यालय इलामले आयोजना गरिएको कार्यक्रम बुधबारदेखि अञ्चल प्रहरी कार्यालय मेचीले मेची अञ्चलका बजारक्षेत्रहरुमा अभियानको रुपमा कार्यक्रमको आयोजना नै गर्दै आएको छ । अभियानको दौरानमा बिहीबार फिक्कलमा कार्यक्रमको आयोजना गरिएको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment