माओवादी केन्द्रको सन्दकपुर गाउँपालिकाको उम्मेद्वार तय

इलाम, ११ जेठः आसन्न जेठ ३१ गतेको दोश्रो चरणको स्थानिय तहको निर्वाचनको लागी नेकपा माओवादी केन्द्र सन्दकपुर गाँउपालिकाले उम्मेद्ववार सार्वजनिक गरेको छ । माओवादी केन्द्रले गाँउपालिका प्रमुखमा प्रेम नाछिरिङ राईलाई उम्मेद्ववार बनाएको छ । उपाध्यक्षमा रन्जु तामाङ रहेकी छन । त्यसै गरी वडा नं १ अध्यक्षमा नन्दकुमार राई, महिला सदस्य वेचनकला गुरुङ, दलित महिला सिता वि.क तथा सदस्यहरु रहर राई र खडक राई रहेका छन । माओवादी केन्द्रले सन्दकपुर गाँउपालिकाको वडा नं २ का सवै उम्मेद्वार महिला बनाएको छ । अध्यक्षमा देउकुमारी राई, दलित महिला राधिका दर्जी, सदस्यहरु जितमाया राई, धनमाया राई र मिनाकुमारी राई रहेका छन । वडा नं ३ अध्यक्षमा जीवन शिवा, महिला सदस्य रमीला राई बुर्जा, दलित महिला खिनमाया परियार तथा सदस्यहरु पासङ शेर्पा र रुद्र साउदेन रहेका छन । वडा नं ४ अध्यक्षमा हर्क रेश्मी र वडा नं ५ अध्यक्ष भोजकुमार खतिवडा रहेका छन । बाँकी रहेका अन्य उम्मेद्वारहरु केही दिनभित्रै टुङगो लाग्ने गाँउपालिका अध्यक्ष प्रेम नाछिरिङ राईले जानकारी दिए । चुनावको मिती नजिकिएसँगै माओवादी केन्द्रले धमाधम नगर तथा गाँउपालिकाको उम्मेद्वार सार्वजनिक गर्न थालेको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment