इलाममा चारजना महिला वडाध्यक्षका उम्मेद्वार


इलाम, जेठ १४ः इलाममा साना ठूला दलबाट गरी चारजना महिलाले वडा अध्यक्ष पदका उम्मेद्वारी पाएका छन् । अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रले देऊमाई नगरपालिका वडा नं. ९ मा चन्द्रावती थापा, चुलाचुली गाउँपालिका ४ मा शुभमाया राईलाई उम्मेद्वार बनाएको छ । यस्तै माइनगरपालिका ७ मा राजकुमारी तामाङ्गलाई  उम्मेद्वार बनाएका छन् । बाँकी रहेका तहमा महिलालाई उपप्रमुख र सदस्य पदमा सिमित बनाइएको छ । एमालेले महिला सहभागिता ४०.६५ प्रतिशत गराएको भए पनि प्रमुख पदमा भने एकजनालाई मात्र उम्मेद्वारी दिएको छ । १० स्थानिय तह रहेको इलाममा नेकपा एमालेले १० वटै तहमा उम्मेद्वार छनौट सकेको छ ।  नेकपा माओवादी केन्द्रले चारवटा वडामा मात्र उम्मेद्वार चयन गर्न बाँकी रहेको प्रचारप्रसार विभाग प्रमुख जीवन शर्माले जानकारी दिनुभयो । नेपाली कांग्रेस, संघीय समाजवादी फोरम, राष्ट्रिय प्रजातन्त्र पार्टीले भने उम्मेद्वार छनौट प्रकृया अन्तिम चरणमा पु¥याएका छन् । सबै दलले जेठ १८ गतेसम्ममा टुङ्गो लगाउने बताएका छन् ।
१७ दल दर्ता रहेको इलाममा वडाध्यक्षमा पार्टीबाट चारजना मात्र उम्मेद्वारी हुनु सन्तोषजनक नरहेको नेपाली कांग्रेसका सांसद सुजता परियारले बताउनुभयो ।  चार नगरपालिका र ६  गाउँपालिकासहित १० स्थानीय तह रहेको इलाममा एक सय ७२ जना महिला जनप्रतिनिधि छनौट हुनेछन् । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment