तस्वीरः देवी अधिकारी / माइजोगमाइ गाउँपालिका
गणतन्त्र दिवसका अवसरमा इलाम सदरमुकाममा कार्यक्रम गरीएको छ । इलामको टुडिखेलबाट निस्कीएको प्रभात रयालीले बजार परिक्रमा गरेको थियो ।
कार्यक्रम जिल्ला समन्वय समिति इलामका स्थानीय बिकास अधिकारी ध्रुव बहादुर खडकाको अध्यक्षतामा सम्पन्न भएको थियो । प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको प्रमुख आथित्यतामा भएको कार्यक्रममा स्थानीय शान्ति ले गराएको अन्तरमाबि निबन्ध प्रतियोगीताको बिजेतालाई पुरस्कार वितरण गरीएको थियो । साथै द्धन्द पीडित वालबालिकालाई सरकारको तर्फबाट शिक्षा सहयोग रकम हस्तान्तरण गरीएको छ । सोहि अवसरमा घास उत्पादनमा अग्रसरता राख्ने कृषक समुहलाई पुरस्कार प्रदान गरीएको छ ।
उता इलामको माईजोगमाई गाउपालिकाको नयाँबजारमा पनि कार्यक्रम सम्पन्न भएको छ । गाँउ पालिकाका प्रमुख टोपलाल भुसालको नेतृत्वमा भएको कार्यक्रममा शिक्षक , कर्मचारी लगायतको सर्वसाधारणको सहभागीता थियो । गणतन्त्र दिवसको अवसरमा सरकारले नेपालभर सार्वजनिक बिदा दिएको छ । हरेक वर्ष गणतन्त्र दिवस मनाइरहँदा संस्थागत भने अझै हुन सकेको छैन ।
दशौ गणतन्त्र दिवस आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । संविधानसभाको पहिलो बैठकले विसं २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम गरी यो दिवस मनाइन्छ । झन्डै अढाइ सय वर्षको इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई बिदाइ गर्दै नेपालमा गणतन्त्र स्थापना भएको हो । लामो समय जरा गाडेर बसेको राजतन्त्रलाई बिदाइ गरी गणतन्त्र स्थापना शान्तिपूर्ण रुपमा हुनुलाई विश्व समुदायले अनौठो घटनाका रुपमा लिएको छ ।
गणतन्त्र स्थापनापछि पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि दोस्रो संविधानसभाले ७० वर्ष पुरानो सपना साकार पारेको छ । विसं २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएपछि स्थानीय तहको पहिलो चरणको निर्वाचनसँगै कार्यान्वयन प्रक्रिया पनि सुरु भएको छ ।
0 comments:
Post a Comment