इलाम, ६ असारः दोस्रो चरणको स्थानीय तह निर्वाचनमा इलाममा नेकपा एमालेकी माङसेबुङ गाउँपालिकामा दलित महिला निर्विरोध निर्वाचित भएकी छिन् । निर्विरोध निर्वाचित हुनेमा माङसेबुङ गाउँपालिका–६ की ४७ वर्षीय धनकुमारी विक निर्विरोध भएकी हुन् । सो पदमा उनको एकल उम्मेद्वारी परेको थियो । अन्य दल तथा स्वतन्त्रतर्फबाट पनि सो पदमा उम्मेद्वारी नपरेपछि निर्वाचन अधिकृत कृष्णकुमार कार्कीले मंगलबार उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुुन् ।
