कांग्रेसका उम्मेद्वारले सेवासुविधा नलिने घोषणा गरे

इलाम, ६ असारः नेपाली कांग्रेस इलाम नगरपालिका–३ का वडाध्यक्षका उम्मेद्वार तीर्थराज गुरूङले आफू विजयी भएमा राज्यबाट प्रदान गरिने कुनैपनि सेवा सुविधा नलिने घोषणा गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय इलाममा आइतबार उम्मेद्वारी मनोनयन दर्ता गरिसकेपछि उनले संचारकर्मीसँग कुराकानी गर्दै गुरूङले राज्यबाट प्रदान गरिने सेवासुविधा सबै जनताको हितमा खर्चिने घोषणा गरेका हुुन् । ‘मैंले जीते भने राज्यले पाँच वर्षमा कम्तीमा १५ लाख देला, त्यो रकम सबै गाउँको विकासमा लगाउँछु । गुरूङले भने ‘यहाँको जनतालाई सर्वाेपरि ठानेर काम गर्नेछु ।’ 
इलाम नगरपालिका–३ साविक पुवामझुवा गाविस हो । विकास र शिक्षाको दृष्टिकोणले पछि परेको गाउँ हो । यहाँको दलित बस्तीमा खानेपानी, विद्युत, सडक विस्तार नहुँदा यहाँका सर्वसाधारणले सास्ती खेप्नुपरेको बताउँदै उम्मेद्वार गुरूङले आफूले जितेमा खानेपानी, विद्युत र सडकमा आफूले पाउने पारिश्रमिक र भत्ताको रकम खर्च गने प्रतिवद्धता जनाएका छन् । उनले यहाँका दलित समुदायका बालबालिकाहरूका लागि छात्रवृत्तिको व्यवस्था समेत गर्ने बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता