अबको निकास आर्थिक विकासः गगन थापा (भिडियो सहित)

नमीन ढकाल

इलाम, ६ बैशाखः नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम निवर्तमान स्वास्थ्यमन्त्री गगनकुमार थापाले अबको निकास आर्थिक विकास भएको बताएका छन । देशमा धेरैवटा परिर्वतनका आन्दोलनपछि अहिलेको अवस्थामा आएकाले अब आर्थिक समृद्धिको लागी अर्को आन्दोलन हुनुपर्ने उल्लेख गरे । आर्थिक संमृद्धि, राजनीतिक निकास तथा राष्ट्रियताको मुल मन्त्र कांग्रेसका मुख्य एजेण्डा भएकाले पनि स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई भोट नहाले देशले विकासको गति नलिने उनको धारणा थियो । माइ नगरपालिकामा नेपाली कांग्रेसले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै थापाले भने “कांग्रेसले मतको राजनीति होइन सबै राजनितिक दलहरुलाई जोडेर देशको समृद्धिका लागी राजनीति गरेको छ । अबको स्थानिय तहको निर्वाचनमा कांग्रेसको जीतले मात्र देशका सवै खुशियाली प्राप्त हुनेछ” । थापाले संविधानले पुर्णता पाउनु भनेको कार्यान्वयन मात्र भएको उल्लेख गरे । देशका रोजगारीको अवसर नहुँदा युवाहरुको वैदेशिक रोजगारको लागी पलायन भएको बताउदै उद्योग, कृषि र पर्यटन विकास जोडले मात्र देश समृद्ध बन्ने बताए । 
थापाले अबको ५ वर्षमा नेपाली कांग्रेसको सरकारले ६५ वर्ष नाघेका जेष्ठ नागरिक, गरिब, एकल महिलालाई ५ हजार बृद्ध भत्ता दिने उल्लेख गर्दै कम्तीमा ५ वर्ष कांग्रेस सरकार रहनुपर्ने र आर्थिक बृद्धि दर हाल कायम रहे अनुसार हुनुपर्ने बताए । देशका शान्ति, अमनचयनको लागी कांग्रेसको विकल्प नरहेकोमा उनको जोड थियो । उनले भने “नेपाली कांग्रेसले युद्धमा फसेको माओबादीलाई सडकसम्म र सडकबाट सदन सम्म पु¥याएको छ । अहिले सम्म पनि राजनीतिक संक्रमण अन्त्य नभएको र संक्रमण अन्त्य गर्ने तागत नेपाली कांग्रेसका बाहेक अन्यमा सार्मथ्य छैन ।”
कार्यक्रममा अर्का वक्ता नेपाली कांग्रेसका केन्द्रिय सदस्य विश्वप्रकाश शर्माले दोश्रो चरणको निर्वाचन कांग्रेसमय हुने बताए । उनले भने “निर्वाचनको हाफ टाइम मात्र सकिएको छ । पहिलो चरणका नेकपा एमाले १८÷२० स्थानिय तह बढी जितेपनि सबै स्थानिय तहको निर्वाचन सकिँदा कांग्रेस नै पहिलो शक्ती हुनेछ ।” नेकपा एमालेको एजेन्डा बृद्धभत्ता बाहेक अन्य नरहेका शर्माले उल्लेख गरे । कार्यक्रममा नेपाली कांग्रेस माइ नगरपालिकाका प्रमुख बिष्णु (हेमकुमार) कार्की र उपप्रमुख चन्द्रमाया लिम्बुले मन्तव्य राखेका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता