फाकफोकथुम, ६ असारः नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जिल्लाको पश्चिमी क्षेत्र लागि केन्द्रमा समेत पहल गरिने बताएका छन् । एमाले फाकफोकथुम गाउँपालिकाले–४ मा आयोजना गरेको चुनावी आमसभालाई मंगलबार सम्बोधन गर्दै उनले सो क्षेत्र विकासको दृष्टिकोणले ज्यादै पछि परेकाले आफू यसको विकास लागि प्रतिबद्ध रहने बताए । वर्तमान सरकारले विभिन्न बहानामा निर्वाचनको मिति सार्ने पक्षमा कोशिस गर्दागर्दै पनि एमालेको दबाबका कारण त्यो सम्भव नभएकाले बाध्य भएर निर्वाचनमै जानुपरेको जिकिर उनले गरे । पूर्वसभामुख नेम्बाङले राजपाको बहाना बनाएर सरकारले निर्वाचन पछि धकेल्न खोजेको आरोपसमेत लगाए ।
