इलाममा अज्ञात समुहद्वारा दूई सवारीसाधनमा आगजनी


फायल फोटो
इलामः निर्वाचनको मौन अवधिमा इलाम नगरपालिकाका दूई स्थानमा सवारीसाधनमा आगजनी भएको छ । इलाम नगरपालिका–१ पुवाखोला र इलाम नगरपालिका–१० गोदकमा सवारीसाधनमा आगजनी भएको हो । जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरिक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार मेचीराजमार्गको पुवाखोलामा ना २ ख ७८३२ नम्बरको ट्रक र गोदकमा बा १० च ८१९४ नम्बरको महिन्दा पिकअपमा आगजनी भएको हो । झापाबाट निर्माण सामग्री लिएर ताप्लेजुङ्ग जाँदै गरेको ट्रकमाथी  मंगलबार बिहान अन्दाजी ३ बजेर २० मिनेटमा ट्रकमा आगजनी भएको हो । 
अज्ञात समुहको आगजनीबाट ट्रक पूर्णरुपमा क्षति भएको छ । यस्तै मेचीराजमार्गको गोदक सडक खण्डमा बिहान ३ बजेर ५० मिनेटेको समयमा दैनिक उपभोग्य सामग्री बोकेर इलाम जाँदै गरेको पिकअपमा आगजनी हुँदा सामान्य क्षती पुगेको छ । घटनाको बिषयमा अनुसंन्धान गर्न जिल्ला प्रहरी कार्यालय इलाम र मंगलबारे इलाका प्रहरी कार्यालयबाट प्रहरीको टोली खटिएको प्रहरी उपरिक्षक सुशिलकुमार यादवले बताए । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता