कतै मेयरमा मात्र त कतै उपमेयरमा मात्र उम्मेद्वारी
इलाम, ३ असार: आगामी असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि प्रदेश नम्बर एक अन्तर्गतको इलाममा विभिन्न पार्टीका उम्मेद्वारहरूले मनोनयन दर्ता गरेका छन् । जिल्लाका सवै स्थानिय निकायमा शान्तिपुुर्ण ढङ्गले मनोनयन दर्ता सम्पन्न भएको जिल्ला सुुरक्षा समिति इलामका संयोजक तथा प्रमुुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए । निर्वाचन आयोगले बिहान आठ बजेबाट साँझ चार बजेसम्म मनोनयन दर्ता गर्ने समय तोके पनि इलाम नगरपालिकामा भने अबेर सम्म नै मनोनयन दर्ता भएको छ ।
देउमाई नगरपालिका
जिल्लाको देउमाई नगरपालिकामा ६ वटा दलले निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएका छन् । यहाँ स्वतन्त्र रुपमा कसैले मनोनयन दर्ता नगराएको निर्वाचन अधिकृत प्रेमप्रसाद दाहालले जानकारी दिए । अधिकृत दाहालका अनुसार नेपाली कांग्रेसको तर्फबाट मेयर पदमा होमप्रसाद दुुलालले मनोनयन दर्ता गराएका छन् भने उपमेयरमा सुुर्यमाया राईले मनोनयन दर्ता गरेकी छिन् । त्यस्तै नेकपा एमालेको तर्फबाट मेयर पदमा सुुर्यप्रसाद पोख्रेलले मनोनयन दर्ता गराएका छन् भने उपमेयरमा पविमाया राईले मनोनयन दर्ता गराएकी छन् । नेकपा माओवादी केन्द्रको तर्फबाट मेयर पदमा रामकुमार राईले मनोनयन दर्ता गराएका छन् भने उपमेयरमा शान्ता बस्नेतले मनोनयन दर्ता गराएकी छन् । संघीय समाजवादी फोरमको तर्फबाट मेयर पदमा दिर्घराज रैका मगरले मनोनयन दर्ता गराएका छन् भने सो पार्टीबाट उपमेयरमा मनोनयन दर्ता नभएको निर्वाचन अधिकृत दाहालले जानकारी दिए । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मेयर पदमा हेमराज लिम्बूले मनोनयन दर्ता गराएका छन् उपमेयरमा सो पार्टीबाट मनोनयन दर्ता नभएको जनाइएको छ । राप्रपाबाट उपमेयरमा प्रतापसिंह चापागाईले मनोनयन दर्ता गराएका छन् भने मेयर पदमा सो पार्टीले मनोनयन दर्ता नगराएको निर्वाचन अधिकृत दाहालले जानकारी दिए ।
माइजोगमाई गाउँपालिका
माइजोगमाई गाउँपालिकामा निर्वाचन आयोगले तोकेकै समयमा पाँचवटा राजनीतिक दलबाट मनोनयन दर्ता भएको छ । वर्षाका कारण केहि ढिलो गरी मनोनयन सुरु भए पनि समयमै सम्पन्न भएको माईजोगमाई गाउँपालिकाका निर्वाचन अधिकृत अभिकेशर पोखरेलले जानकारी दिए । अधिकृत पोखरेलका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनमुक्ति पार्टीले उम्मेद्धारी मनोनयन दर्ता गराएका हुन् । नेपाली कांग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षमा पेम्वा छिरी (सिटी) शेर्पा र उपाध्यक्षमा लोकमाया थेवेले उम्मेद्धारी मनोनयन दर्ता गराएका छन् । त्यस्तै एक नम्बर वडाको वडा अध्यक्षमा निर्मल निरौला (पूर्ण), दुुईमा डम्बर सुवेदी, तीनमा याम लामा, चारमा अविनारायण अधिकारी, पाँचमा बेदप्रसाद चाँपागाँई र वडा नम्बर ६ मा रोहित कुमार थेवेले आफ्नो उम्मेद्धारी मनोनयन दर्ता गराएका छन् । कांग्रेसले सबै वडा सदस्यहरुको मनोनयन दर्ता गराएको छ । त्यस्तै नेकपा एमालेको तर्फबाट जीतबहादुर राईले अध्यक्ष तथा सावित्रा भट्टराईले उपाध्यक्षमा आफ्नो मनोनयन दर्ता गराएका छन् । यसै गरी एक नम्बर वडामा अध्यक्षमा याम कार्की, दुुईमा अम्बर थामी, तीनमा बीरबहादुर राई, चारमा गणेश राई, पाँचमा दाताराम संजेल र छमा भवानी्रसाद लिङदमले मनोनयन दर्ता गराएका हुुन् । यसै गरी माओवादी केन्द्रबाट देवी शिवाकोटीले गाउँपालिका अध्यक्षमा र संगीता थामीले उपाध्यक्षमा आप्mनो मनोनयन दर्ता गराउएका छन् । माओवादी केन्द्रबाट एक नम्वर वडामा अध्यक्ष पदमा सालीग्राम पौडेल, दुुईमा दुर्गा महत, तीनमा प्रेम गोले चारमा गञ्जु प्रधान, पाँचमा दिपक राई र छ नम्वर वडामा थलङ्ग लिम्बुले उम्मेद्धारी मनोनयन दर्ता गराएका छन् । यस्तै माईजोगमाईमा संघीय समाजवादी फोरमको तर्फबाट धनसिंह लिम्बूले अध्यक्ष पदमा र उपाध्यक्ष पदमा पासाङ दिकी शेर्पाले उम्मेद्धारी मनोनयन दर्ता गराएका छन् । भने सो पार्टीबाट वडा नम्बर चारमा अध्यक्ष पदमा दिलप्रसाद देवानले मनोनयन दर्ता गराए । अन्य वडामा मनोनयन दर्ता नभएको निर्वाचन अधिकृत पोख्रेलले जानकारी दिए । राष्ट्रिय जनमुक्ति पार्टीबाट वडा नम्बर छ मा मात्र ललित थेवेले उम्मेद्धारी दर्ता गराएका छन् । गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षमा अन्य वडामा मनोनयन उम्मेद्धारी दर्ता नभएको जानकारी प्राप्त भएको छ ।
रोङ्ग गाउँपालिका
रोङ्ग गाउँपालिकामा पाँच वटा दलले उम्मेद्धारी मनोनयन दर्ता गराएका छन् । नेपाली कांग्रेसको तर्फबाट शमसेर राईले गाउँपालिका अध्यक्ष तथा चन्द्रकला बुढाथोकी (राई)ले उपाध्यक्ष पदमा उम्मेद्धारी मनोनयन दर्ता गराएकी छन् । वडा अध्यक्ष पदमा काग्रेसको तर्फबाट एक नम्बर वडा अध्यक्षमा मुकेश ढकाल, दुुईमा टेकबहादुर तामाङ्ग, तीनमा मात्रिका बराल, चारमा सूर्यबहादुर राई, पाँचमा सोमदत्त राई र छ नम्वर वडामा मनिकुमार (सुवास) स्याङ्गवाले उम्मेद्धारी मनोनयन दर्ता गराएका छन् । यस्तै नेकपा एमालेको तर्फबाट वृहस्पती खतिवडाले अध्यक्ष तथा बिष्णु खवासले उपाध्यक्षमा उम्मेद्धारी मनोनयन दर्ता गराएका छन । एमालेको तर्फबाट एक नम्बर वडा अध्यक्षमा बुद्धबहादुर ढकाल, दुईमा टंक अधिकारी, तीनमा खड्ग आले, चारमा रनबहादुर गुरुङ्ग, पाँचमा युवराज राई र छमा मनबहादुर लाप्चाले उम्मेद्धारी मनोनयन दर्ता गराएका छन् ।
यसैगरी माओवादी केन्द्रको तर्फबाट नवराज कट्टेलले गाउँपालिका अध्यक्ष तथा अन्जना लाप्चाले उपाध्यक्ष पदमा उम्मेद्धारी मनोनयन दर्ता गराएका छन् । माओवादी केन्द्रबाट वडा नम्बर एकको अध्यक्षमा देउकुमार राई, दुईमा पूर्णबहादुर शिवा, तीनमा भक्त बहादुर खवास, चारमा झरेन्द्र खड्का, पाँचमा धनकुमार लिम्बु र छमा होम तामाङ्गले उम्मेद्धारी मनोनयन दर्ता गराएका छन् । रोङ्ग गाउँपालिकामा संघीय समाजवादी फोरमको तर्फबाट तेजबहादुर राईले अध्यक्ष पदमा उम्मेद्धारी दर्ता गराएका छन । यस्तै राप्रपा नोपालले पनि अध्यक्ष सहित केहि पदमा उम्मेद्धारी मनोनयन दर्ता गराएको रोङ्ग गाउँपालिकाका निर्वाचन अधिकृत शम्भू गौतमले जानकारी दिए । यो समाचार तयार पार्दा सम्म मनोनयन दर्ताको काम भइसकेको भन्दै निर्वाचन अधिकृतले अन्तिम नामावली दिन नसक्ने जानकारी दिए । अन्तिम नामावली टुुङ्गो लाग्न समय लाग्ने भन्दै उनले पछि सम्पर्क गर्न आग्रह गरे ।
सुर्योदय नगरपालिका
सुर्योदय नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका प्रेमलाल चाम्लिङ, एमालेका रणबहादुर राई, माओवादीका राजेन राई, राप्रपाका भोजराज लामिछाने, संघिय समाजवादी फोरमका लिलाबहादुर सुनुवार र स्वतन्त्र राजन चाम्लिङले मनोनयन दर्ता गराएका छन् । उपप्रमुखमा नेपाली कांग्रेसकी खगेश्वरी पौड्याल बन्दना, एमालेकी दुर्गादेवी भट्टराई, माओवादीकी टिका घिमिरे वाला राई, राप्रपाकी भक्तकुमारी गदाल, संघिय समाजवादी फोरमकी ख्याम कुमारी राई र स्वतन्त्र रेनुका यल्मुले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत राजेन्द भट्टराईले जानकारी दिए ।
सन्दकपुुर गाउँपालिका
सन्दकपुर गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट अध्यक्ष पदमा देवेन्द्र सुवेदीले उम्मेद्धारी मनोनयन दर्ता गरेका छन् । उपाध्यक्षमा सविता गुुरुङले मनोनयन दर्ता गराएकी छन् । त्यस्तै नेकपा एमालेको तर्फबाट अध्यक्षमा उदय राई र उपाध्यक्ष पदमा शोभा पराजुुलीले मनोनयन दर्ता गराएकी छन् । राप्रपाको तर्फबाट होमबहादुुर गुुरुङ र उपाध्यक्षमा पुुण्यमाया निरौलाले मनोनयन दर्ता गराएका छन् । संघीय समाजवादी फोरमको तर्फबाट उपाध्यक्ष पदमा मात्र उम्मेद्धारी दर्ता परेको छ । सो पदमा धनप्रसाद साउदेनले उम्मेद्धारी दर्ता गराएका छन् । स्वतन्त्रमा समेत मनोनयन दर्ता भएको छ । अध्यक्ष पदमा बिना गुुरुङ र उपाध्यक्षमा धनप्रसाद राईले उम्मेद्धारी मनोनयन दर्ता गराएका छन् ।
इलाम नगरपालिका
इलाम नगरपालिकामा हालसम्म उम्मेदवारी दर्ता गराएका दल र उम्मेदवार नेपाली कांग्रेस प्रमुखः हिमालय कर्मचार्य, नेपाली कांग्रेस उपप्रमुखः चन्दा कार्की । नेकपा एमाले प्रमुखः महेश बस्नेत, नेकपा एमाले उपप्रमुखः शुसिला नेम्वाङ, नेकपा माओवादी केन्द्र प्रमुख छविलाल आर्चाय (प्रवास), नेकपा माओवादी केन्द्र उपप्रमुखः प्रेमकुमारी गुरुङ, स्वतन्त्र प्रमुखः प्रदिप तामाङ, स्वतन्त्र उपप्रमुख ः ज्योतीमाला प्रधान । राप्रपा प्रमुखः सन्तोष राई, राप्रपा उपप्रमुखः माया भट्टराई । संघिय समाजवादी प्रमुखः छिकिन तामाङ, संघिय समावादी उपप्रमुखः आइती कुमारी राई । संघिय लिम्बुवान मञ्च प्रमुखः निर्मला चेम्जोङ, संघिय लिम्बुवान मञ्च उपप्रमुखः टंक नोगीङका रहेका छन् ।
