जीवन लिम्बू
इलाम असारः नेपाल प्रहरी सेवामा महिला प्रहरीले पनि पुरुष जस्तै अपराधको विरुद्धमा लड्न सक्छन् भन्ने सन्देश वोकेको नेपाली कथानक चलचित्र “तारेभीर” गत साताको शुक्रबार देखि देश व्यापी रुपमा प्रदर्शमा भई रहेको छ । महिला सशत्तिकरणको पक्षमा निर्माण गरिएको चलचित्रले राम्रो व्यापार गरिरहेको छ । अत्याधिक चर्चा परिचर्चाका पछि प्रदर्शनमा आएको “तारेभीर” हेर्नका लागि प्रत्येक चलचित्र भवनमा दैनिक दर्शकहरुको भीड लाग्ने गरेको छ ।
“तारेभीर” ले निकै राम्रो सफल्ता हासिल गरिरहेको छ । शनिवार मात्रै चलचित्रले ८० प्रतिशत अकुपेन्शि कव्जा गर्न सफल भयो । व्यापारिक हिसावले पनि चलचित्रले सफल्ता हासिल गरेको छ जसको श्रेय निर्माण पक्षले सम्पुर्ण दर्शकहरुलाई नै दिएको छ । निर्माण पक्षले सम्पुर्ण दर्शकहरुको साथलाई सम्मान गर्दै धन्यवाद समेत ज्ञापन गरेका छन् ।
चलचित्रमा विशेष गरेर एक्सनका सिनहरुलाई दर्शकहरुले निकै नै खुलेर प्रशंसा गरेका छन् । चलचित्रका नायिका विष्णु चेम्जोङ र रेखा फागोले निकै कसरत गरेर दिएका एक्सनका सिनहरुले दर्शकहरुको मन जित्न सफल वनेको देखिन्छ । त्यस्तै गरि एउटा महिला प्रहरीले अपराध र अपराधिलाई कसरी चुनौति दिन्छन् भन्ने कुरा चलचित्रमा देखाउन खोजिएको छ यो पनि चलचित्रको अर्काे एउटा दरिलो पक्ष हो ।
देउकृष्ण देवाको निर्माण, प्रेम सब्बाको निर्देशनमा वनेको चलचित्रको नेक्स्ट जेनेरेशन इन्टरटेन्मेन्ट कम्पनिको प्रस्तुति रहेको छ । चलचित्रमा विष्णु चेम्जोङ, रेखा फागो, रमेश सिंह, निर्देशक सुब्बा, निर्माता देवाल, दिपेश श्रेष्ठ, अजय कुमार माझी, मञ्जु श्रेष्ठ, रंजित राना, निर्मल शर्मा लगायतका कलाकारको मुख्य अभिनय रहेको छ । चलचित्रमा युवराज राईको नृत्य, जनक गुरुङको द्वन्द, राम प्रसाद चौधरीको सम्पादन र प्रकाश गुरुङ, सनुप पौडेल र ब्रविम शेर्माको संगित समावेश रहेको छ



