दलहरुले दिए चुुनावी अभियानलाई तिव्रता, काङ्ग्रेसको इलाममा ¥याली


इलाम, १८ जेठ : निर्वाचन नजिकिँदै जाँदा इलाममा दलहरुले चुुनावी अभियानलाई तिव्रता दिएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका दलहरुले चुुनावी कार्यक्रमलाई तिव्रता दिएका हुुन् । उनीहरु आफ्नो पक्षका उम्मेद्धारहरुलाई मत माग्दै घरदैलो अभियान सहित चुुनावी अभियानमा होमिएका छन् । नेपाली कांग्रेस इलामले वडा नम्वर सातमा बिहिबार ¥याली तथा कोण सभा गरेको छ । इलामको ठुुलो टुँडिखेलबाट सुरु ¥यालीले धोवीधारामा पुुगी पुुन इलाम वजार परिक्रमा गरेको थियो । परिक्रमा पछि चौक वजारमा आएर कोण सभामा परिणत सभामा नेपाली कांग्रेस इलामका सभापति हिमालय कर्माचार्य, सांसद सुुजता परियार, डम्बर खड्का, राजेन्द्र शर्मा, वडा नम्वर सातका उम्मेद्वार नरेश श्रेष्ठ लगायतले सम्वोधन गरेका थिए । ¥यालीमा ५ सय माथी कांग्रेसी कार्यकर्ताको सहभागीता रहेको थियो । त्यस्तै एमाले र माओवादीले समेत अभियानलाई अगाडी वढाउँदै आएका छन् ।  
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment