रोङ १ मा एमालेको प्यानल विजयी

इलाम, १६ असारः रोङ गाउँपालिका १ (शान्तिपुर)को भर्खरै सम्पन्न मतगणनाअनुसार वडाध्यक्षसहित पाँच जना जनप्रतिनिधी नै नेकपा एमालेका उम्मेदवार विजयी बनेका छन् । एमालेबाट वडाध्यक्षमा बुद्ध ढकाल ५६४ मत, महिला सदस्यमा जयकला चाम्लिङ ५६२ मत, दलित महिला सदस्यमा लक्ष्मी नेपाली ५६८, खुल्ला सदस्य १ मा तुलसीराम न्यौपाने ५६९, खुल्ला सदस्य २ मा महानन्द अधिकारी ५६८ मत ल्याएर विजयी बनेका हुन् । उक्त नतिजा अहिले बिहान साढे ९ बजेको हो । यतिञ्जेल निर्वाचन कार्यालयले घोषणा भने गरिसकेको छैन । यो वडामा अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवारले क्रमशः ५४९ र ५७८ मत प्राप्त गरेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता