इलामका १० वटै स्थानीय तहमा अहिले मतगणना भइरहेको छ । शुक्रबार बिहानसम्ममा १० स्थानीय तहमध्ये ६ वटामा एमाले र ४ वटाको प्रमुखमा कांग्रेसका उम्मेदवार अगाडि छन् ।
इलाम नगरपालिकाको वडा नम्बर १२ मा नेपाली कांग्रेसका वडाध्यक्ष लाखमान लिम्बूको प्यानल नै विजयी भएको छ । लिम्बूले ७३४ मत ल्याए ।
अहिले वडा ११ को गणना चलिरहँदा इलाम नगरपालिकाका कांग्रेस मेयर हिमालय कर्माचार्यको १ हजार २१२, नेकपा एमालेका महेश बस्नेतको १ हजार २३४ र नेकपा माओवादी केन्द्रका छविलाल आचार्यको २९७ मत छ । उपमेयरमा कांग्रेसको १ हजार २०७, एमालेको १ हजार २५८ र माओवादीको ३०६ मत छ । इनपा ११ को गणना भइरहेका बेला कांग्रेस वडाध्यक्षको ५६९, एमालेको ४४३ र माओवादीको ५५ मत छ ।
सूर्योदय नगरपालिकाको मेयरमा कांग्रेसले ८७३ एमालेले ७२२ र माओवादीले ७९ मत ल्याएका छन् । उपप्रमुखमा कांग्रेसले ८९७, एमालेले ७३४ र माओवादीले ४५ मत ल्याए । वडा–१ को वडाध्यक्षमा अहिलेसम्म कांग्रेसको ९ सय ५२, एमालेको ७३० र माओवादीको ४९ मत छ ।
देउमाई नगरपालिका–१ मा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार माधव बस्नेत ६७० मत ल्याएर प्यानलसहित विजयी भए । एमालेले यहाँ ६३४ मत ल्यायो । देउमाईको मेयरमा कांग्रेसको ६६५, एमालेको ५६२ र माओवादीको ४०० मत छ । उपमेयरमा कांग्रेसको ६१५, एमालेको ५८५ र माओवादीको ४४६ मत छ ।
माई नगरपालिकामा कांग्रेस मेयरको ५३९, एमालेको ५५७, माओवादीको ७७ र मञ्चको २२ मत छ । उपमेयरमा कांग्रेसको ५२५, एमालेको ५५४, माआवादीको ६२ र मञ्चको ३० मत छ । यहाँ वडा १ र २ को मतगणना भइरहेको छ । वडा १ को वडाध्यक्षमा अहिलेसम्म कांग्रेसले १४९, एमालेले २२९, माओवादीले ४३ र मञ्चले १०२ मत ल्याएका छन् । वडा २ मा कांग्रेसले २५३, एमालेले ३३१, माओवादीले ४२ र मञ्चले १ मत ल्याएका छन् ।
सन्दकपुर गाउँपालिका–१ मा माओवादीका उम्मेदवार नन्दकुमार राई विजयी भएका छन् । उनको ३५० मत छ । एमालेले यहाँ २७२ मत ल्यायो । सन्दकपुरमा गाउँपालिका अध्यक्षमा कांग्रेसको ४१२, एमालेको ८६२, माओवादीको २०३ र स्वतन्त्रको २३२ मत छ । उपाध्यक्षमा कांग्रेसको ३१७, एमालेको ४३६ र स्वतन्त्रको ७१३ मत छ । वडा २ को मतगणना भइरहेका बेला कांग्रेसको ९८, एमालेको १५५, माओवादीको १९ र स्वतन्त्रको ३२३ मत रहेको निर्वाचन अधिकृत ऋद्धि निरौलाले बताए ।
चुलाचुली गाउँपलिकाका २ वटा वडामा विजयी घोषणा गरिएको छ । वडा १ मा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका वडाध्यक्ष ७०७ मत ल्याएर प्यानलसहित नै विजयी भएका छन् । यहाँ एमालेले ५२२ मत ल्यायो । वडा ६ मा एमालेका वडाध्यक्षका उम्मेदवार ५७८ मत ल्याएर प्यानलसहित विजयी भए । कांग्रेसका वडाध्यक्षले ५४७ मत ल्याए । गाउँपालिका अध्यक्षमा कांग्रेसको ९६८, एमालेको १ हजार २१५, माओवादीको ३१८ र मञ्चको ४९७ मत छ । उपाध्यक्षमा कांगे्रसको ८४०, एमालेको १ हजार १४८, माओवादीको ६१४ र मञ्चको ६३९ मत छ ।
माइजोगमाई गाउँपालिका–१ मा एमालेका वडाध्यक्ष उम्मेदवार याम कार्की १ हजार ७४ मत ल्याएर प्यानलसहित विजयी भए । कांग्रेस वडाध्यक्षको ९ सय ५४ मत छ । गाउँपालिका अध्यक्षमा कांग्रेसको ९०५, एमालेको १ हजार १७३ र माओवादीको १०५ मत छ । उपाध्यक्षमा कांग्रेसको ८३८, एमालेको १ हजार ९३ र माओवादीको १६० मत छ । ६ नम्बर वडाको मतगणना जारी छ ।
फाकफोकथुम गाउँपालिकाको अध्यक्षमा कांग्रेसको ५३८, एमालेको ४९१ र माओवादीको ११० मत छ । उपाध्यक्षमा कांग्रेसको ५९०, एमालेको ५०३ र माओवादीको ९९ मत छ । फाकफोकथुम १ को वडाध्यक्षमा कांग्रेसको ५०४, एमालेको ३६६ र माओवादीको ३२५ मत छ ।
माङ्सेबुङ गाउँपालिकाको वडा ४ मा अमितकुमार राई २७९ मत ल्याएर प्यानलसहित विजयी भए । गाउँपालिका अध्यक्षमा कांग्रेसको ८२४, एमालेको ५७९ र माओवादीको ११६ मत छ । उपाध्यक्षमा कांग्रेसको ५२३, एमालेको ६४३ र माओवादीको १४१ मत छ । वडा ५ को मतगणना भइरहेको छ ।
रोङ गाउँपालिकामा १ र २ नम्बर वडाको मतगणना भइरहेको छ । गाउँपालिका अध्यक्षमा कांग्रेसको ४८८, एमालेको ५५७ र माओवादीको १३३ मत छ । उपाध्यक्षमा कांग्रेसको ३४२, एमालेको ५९१ र माओवादीको १३९ मत छ । नगरिक न्युजबाट
