गरिबी र बेरोजगारी हटाउन एमाले नेतृत्व आवश्यकः खनाल

रोङ, ९ असार : नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले निर्वाचनपछि मुलुकलाई आर्थिक समृद्धितर्फ लैजानुपर्ने बताएका छन् । इलामको रोङ गाउँपालिकाको शान्तिपुरको बरफल्याङमा शरक्रबार बिहान आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता खनालले अशिक्षा, बेरोजगारी र गरिबीलाई हटाउन नेकपा एमालेको नेतृत्व आवश्यक रहेको बताए । 
नेता खनालले स्थानीय तह, प्रदेश र केन्द्रको निर्वाचन जसरी भए पनि तोकिएकै समयमा सम्पन्न गर्न सरकारलाई आग्रह गरे । ‘निर्वाचनपछि मुलुक आर्थिक समृद्धि र विकासतर्फ उन्मुख हुन्छ’, नेता खनालले भने । उनले लोकतन्त्र र गणतन्त्रको संस्थागत विकासका लागि संविधान कार्यान्वयनको विकल्प नभएको जिकिर गर्दै एमालेले देश विकासको नयाँ एजेन्डा ल्याएको बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता