इलामलाई व्यवसायमुखी पर्यटनको केन्द्र बनाउन आकर्षण गर्नुपर्ने

इलाम, ९ असार: पर्यटनका स्रोत र साधन भएपनि व्यवसायिक नहुँदा इलामको पर्यटन फस्टाउन सकेको छैन । इलामका पर्यटकिय क्षेत्रहरुको बारेमा प्रचारपसार भएपनि होटल व्यवसायीहरु व्यसायिक र मर्यादित नहुँदा अपेक्षिकृत रुपमा पर्यटकहरु भित्र्न नसकेको पर्यटनमैत्री व्यवसायिक सचेतना गोष्ठी एवम तालिमका सहभागीहरुले बताएका छन । 
पूर्वी पहाडकी रानी भनेर चिनिने इलाममा पर्यटनका स्रोत साधन र संभाव्यता भएपनि  पर्यटकिय क्षेत्रहरुमा रहेका होटल व्यवसायी र पर्यटन सम्वन्धी काम गर्ने संघ संस्थाहरुको ध्यान नपुग्दा अपेक्षिकृत फाइदा लिन नसकिएको सहभागीहरुको जोड थियो । 
अलैची व्यवसायी संघका अध्यक्ष बिजय खाकीले इलामको अलैची विश्वमा नै प्रख्यात रहेकाले यसलाई जोडेर पनि पर्यटन विकास गर्न सकिने आधार भएको बताए ।  आठ “अ”ले परिचित इलामलाई चिया,किवी जस्ता उत्पादनसँग जोडेर पर्यटनलाई अघि बढाउन सके आर्थिक रुपमा पनि जिल्लाको समृद्धिमा थप टेवा पुग्ने उद्योग वाणिज्य संघका अध्यक्ष आनन्द कटट्ेलले बताए । गर्मीको समयमा झापा लगायतका ठाँउहरुबाट कन्याम आउने पर्यटकहरु दिनप्रतिदिन बढे पनि  खान बस्नको लागी राम्रो होटल र पर्याप्त होमस्टे नहुदा धेरै जसो पर्यटकहरु इलाम घुम्ने र फर्कर्ने गरेका छन । पर्यटनको गन्तव्य भनेर चिनिएको इलामलाई कुनै पनि माध्यमबाट विज्ञापन गर्न जरुरी नरहेपनि पर्यटनको मुख्य आधार होटल व्यवसाय रहेकाले यसलाई व्यवसाविक बनाउनुपर्ने स्थानिय विकास अधिकारी ध्रुवबहादुर खडकाले बताए  । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता