इलामका चार नगरपालिकासहित छ गाउँपालिकाको स्थानीय तहको निर्वाचनमा ७० प्रतिशत मत खसेको छ। मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत नवराज दाहालले जानकारी दिएका छन् ।
मतपेटिकाहरु गणना स्थलतर्फ ल्याउने काम भइरहेका र भोलि विहान सर्वदलीय बैठक बसेपछि मतगणना शुरु गर्ने निर्वाचन अधिकृतहरुले जनाकारी दिएका छन् । मत गणनास्थललाई पारदर्शी बनाउनका लागि इलाम नगरपालिका, सर्योदय नगरपालिका र चुलाचुली गाउँपालिकामा सीसीटिभी समेत जडान गरिएको छ ।
जिल्लाका ८१ वडामा मतदाताको संख्या १ लाख ८९ हजार २ सय ७४ छ । सूर्योदय नगरपालिकामा सबैभन्दा बढी १४ वटा वडा छन् । सूनपाको मतदाता संख्या ३९ हजार ४ सय ६७ छ । १२ वटा वडा रहेको इलाम नपामा ३० हजार ६ सय १८, १० वटा वडा रहेको माई नपामा १९ हजार ४ सय ७३ र ९ वटा वडा रहेको देउमाई नपामा २१ हजार ६ सय २३ मतदाता छन् ।
माइजोगमाई गाउँपालिकामा १४ हजार ८ सय ५, चुलाचुलीमा १४ हजार ७४, माङ्सेबुङमा १० हजार ९ सय ६४, फाकफोकथुममा १३ हजार ७ सय ३३, रोङमा १२ हजार ८ सय ८८ र सन्दकपुरमा ११ हजार ६ सय २९ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।