को हुन माइनगरपालिकाका मेयर पदका उम्मेद्वार विष्णु कार्की

दिपा चापागाईं

इलामको दानबारी गाउँमा सामान्य परिवारमा जन्म लिएका विष्णु कार्की (हेमकुमार) नेपाली कांग्रेसको पारिवारिक पृष्ठभुमीले गर्दा विद्यार्थी जीवनदेखी नै नेपाल विद्यार्थी संघको राजनितिमा लागे । भनिन्छ नि हुने विरुवाको चिल्लो पात भने झैं उनी बाल्यकालदेखि नै सरल, जुझारु स्वभावका कारण विद्यार्थी राजनीतिमा सक्रिय रुपमा देखा परे । उनी यसै क्रममा महेन्द्र रत्न वहुमुखी क्याम्पसमा २०६० सालमा स्वतन्त्र विद्यार्थी युनियनको सचिव पदमा निर्वाचित भएर विद्यार्थीको अधिकार प्रप्तीमा महत्वपूर्ण मूमीका समेत खेलेका छन् । उनको राजनैतिक आचरण, संगठन प्रतिको लगनशीलता र इमान्दारिताले नेपाल विद्यार्थी संघमा अत्यधिक बहुमतले इलाम जिल्लाको सभापतिमा विजय हुन पुगे । वि.सं. २०६२÷०६३ को ऐतिहासिक जनआन्दोलनमा युवाको मोर्चा सम्हालेर आन्दोलनमा होमिएका उनी नेपालमा संघिय लोकतान्त्रिक गणतन्त्रको लागि नेतृत्वदायि भुमिका पनि निर्वाह गरे । नेपाल विद्यार्थी संघको राजनैतिक अनुभवलाई सफल पार्दै वि.स. २०६७ सालमा भएको नेपाली कांग्रेसको १२ औं महाधिवेशनमा पूवाञ्चलबाट केन्द्रिय महाधिवेशन प्रतिनिधिको रुपमा निर्वा्चित पनि भए । त्यसपछि उनी क्षेत्र, जिल्ला हुँदै नेपाली कांग्रेसको मुल पार्टीको राजनितिमा आफुलाई उभ्याउन सफल भए ।  नेपाली कांग्रेसको १३ औँ जिल्ला अधिवेषनमा अत्यधिक मतले जिल्ला कोषाध्यक्षमा निर्वाचित भए ।
हाक्की र जस्तो सुकै अप्ठ्याराहरुमा पनि सहि निर्णय लिन सक्ने भएकाले पनि उनी सबैका प्रिय युवा नेताका रुपमा अगाडि देखिएका छन् । प्रखर, स्पष्ट वक्ता तथा इमान्दार हुनु नै उनको प्रमुख विशेषता हो । फलस्वरुप उनको पार्टी प्रतिको योगदान, राजनैतिक चरित्रले गर्दा गणतन्त्र स्थापनाको एक महत्वपूर्ण योगदान दिने व्यक्तीमा आफुलाई उभ्याउन सफल भए ।  उनले समाजशास्त्रमा स्नातकोत्तर (डिग्री) पास समेत गरीसकेका छन् ।

विष्णु कार्की जिम्मेवारीबाट पछाडि हट्ने कसैले पनि समाज परिवर्तन गर्न सक्दैन भन्ने कुरामा अडिग एक सचेत युवा हुन् । उनी आफुले पढेका, सिकेका राम्रा कुराहरुलाई सबैको सहयोगले समाज परिवर्तन गर्न लाग्ने योजना बनाएका छन् । सबै पार्टीका बुढाहरुलाई सम्मान र युवाहरुलाई स्थान भन्ने मूल नाराका साथ उनले आफ्नो यात्रा अगाडि बढाएका छन् ।
२१ औं शताब्दीको विश्वकै मानचित्रमा हेर्ने हो भने अधिकांश ठाउँमा युवा नेतृत्वले चाएको सरकारहरु सक्षम देखिएका छन् । सोही अनुरुप इलाम जिल्लाको माई नगरपालिकाको राजनैतिक परिप्रेक्षर्मा विष्णु कार्की आफ्नो ठोस कार्ययोजना लिएर अगाडि आएका छन् । समाजको हरेक क्षेत्रमा युवाहरुको महत्वपूर्ण योगदान रहेको छ । त्यसलाई राजनैतिक नेतृत्वमा पनि स्थापित गर्नु पर्ने अहिलेको आवश्यकता पनि हो । त्यस्ता युवाहरुलाई विविध उत्पादनमूलक क्षेत्रमा लगाएर समाजको आर्थिक वृद्धिदर बढाउने कुरामा उनी जानकार पनि छन् ।
जेष्ठ नागरिकहरुलाई सम्मान गर्दै असल समाजको निर्माणमा सहभागी गराउने अभियान उनीसँग छ । बालवालिका भविष्यको देश निर्माण गर्ने आधार हुन्, बालमैत्री बातावरणमा उनीहरुको गुणस्तरीय शिक्षाका लागि सरोकारवाला निकाय जिम्मेवार बन्नु पर्ने कुरामा उनको विशेष जोड रहेको छ । समाज निर्माणमा महिलाको महत्वपूर्ण हिस्सा छ । समाजबाट पूर्ण रुपमा लैङ्गिक विभेद अन्त्य गरिनु पर्छ । महिलाहरुको न्यायको लागि उनीहरुलाई घरमै बसेर आत्मनिर्भर हुने बाटोमा ल्याउन विभिन्न किसिमका घरेलु उत्पादनसँग जोड्न सकिने कुराको बारम्बार वकालत गर्दै आएका छन् । त्यसबाट महिलाहरु आत्मनिर्भर भई अगाडि आउनेछन् । माइनगरपालिकामा भएको चुरे कटानको समस्या, सामुदायिक वनहरुमा भएको समस्याहरुलाई उनले नजिकबाट वुझेकाछन् । चुरे क्षेत्रका वासिन्दाहरुमा आवतजावतका समस्याहरु समाधानका विकल्पका योजनाहरु पनि उनि सँग छन् । उनको जीतसँगै यस्ता धेरै राम्रा अभियानहरु तथा सकारात्मक कामहरुको थालनी पनि हुनेछ ।
सपना त्यो हैन जो निदाएको बेला देखिन्छ, सपना त्यो हो जसले निदाउँन दिँदैन । सामाजिक, आर्थिक, शैक्षिक, स्वास्थ्य क्षेत्रको रुपान्तरण उनको सबैभन्दा ठूला सपनाहरु हुन् । अग्रज, समकक्षी तथा समाजका वुद्धिजीविहरुको सकारात्मक बुझाइले पनि उनी एक असल व्यक्तित्वको परिचय दिन्छ । सबै पार्टिका वरिष्ठ नेताहरुको उनी प्रतिको विश्वासले गर्दा उनी एक उर्जाशील युवा नेता हुन भन्ने पुष्टि गर्दछ । किसानहरुलाई कृषिको मुलधारमा ल्याउन र उनीहरुलाई कृषि आधुनिकिकरणसँग जोडेर उत्पादनमा वृद्धि गराउन सक्ने थुप्रै योजनाहरु रहेका छन् । राजनीति, प्रविधि, विज्ञान, दर्शनको चाँसोले पनि उनी एक अध्ययनशील युवा हुन थाहा हुन्छ । समाजका जेष्ठ नागरिकहरु पनि उनले सबैको लागि काम गर्न सक्ने युवाको रुपमा उनलाई चिनेका छन् । माइ नगरपालिकाको मेयरमा उनको जीत सुनिश्चित भएमा मात्रै यी सबै कुराहरुको पुष्टि हुनेछ ।
उनले वि.पी.को प्रजातान्त्रिक समाजवाद, माओको माक्र्सवाद, लेनिनको लेलिनवादलाई राम्रोसँग अध्ययन गरेका छन् । एकपक्षले मात्रै विकास गर्न लामो समय लाग्ने भएकाले यी कुराहरुलाई फ्युजन गर्न सके मात्रै समाजमा छिटो परिवर्तन सम्भव छ उनी वताउछन् । कुरामा भन्दा काममा विश्वास, तपाईको भोट मेरो साहस भन्ने कुरालाई सहयोग गर्न सबैलाई अपिल गरेका छन् ।

माइनगरबासीको सन्र्दभमा कुरा गर्ने हो भने यो समाजलाई अझै गतिशिल बनाउन सक्ने युवा नेता हुन् भन्ने उनी प्रतिको आम मानिसको बुझाई छ । माइ जस्तो ठाउँमा उनी जस्तो असल युवा नेता पाउनु गर्वको कुरा हो, स्थानीयहरु बताउने गर्छन । त्यसमा पनि माइनगरवासीले उनीबाट धेरै लाभ लिन सक्नु पर्छ । त्यो लाभ लिनको लागि उनलाई अहिलेको स्थानीय चुनावमा जिताएर एउटा अवसर पाउन सके धेरै सम्भव हुन सक्छ । उनको भविष्यको राजनीतिले उनको कर्मथलो माइनगरपालिकालाई राष्ट्रिय रुपमा चिनाउने छ । उनको राजनैतिक जिवनलाई सफल बनाई भविष्यका दिनमा माइनगरले विकासको ठूला योजनाहरु हात पार्ने कुरामा कसैको दुई मत छैन तर त्यसका लागि स्थानीय तहको निर्वाचन २०७४ को माइनगरको मेयर पदकोे चुनावी मैदानमा उनको जित सुनिश्चित हुनु जरुरी छ । यस्ता होनहार सबैका आशाका केन्द्र युवा नेता विष्णु कार्कीको नेतृत्वलाई आफ्नो अमूल्य भोट दिएर अत्याधिक वहुमतले विजय बनाएर माइनगरबासीहरु समग्र विकासका ढोकाहरु खोल्न बेलैमा सचेत हुनेछन । यो कार्यमा माइनगरपालिकाका जनता कुनै पनि हालतमा असार १४ गते चुक्ने छैनन् ।
फलाम तातिएकै बेला पिट्नु पर्छ । त्यसलाई बेलैमा आकारमा ढाल्न सकिएन भने त्यसले न आकार पाउँछ न त्यसको राम्रोसँग उपयोग नै गर्न सकिन्छ । अहिले समाज परिवर्तनका लागि जुझारु युवा नेतृत्वको खाँचो छ । त्यस क्षेत्रका जनताहरु विष्णु कार्कीलाई विजयी गराई आफुलाई बदल्ने अभियानमा सहभागी हुनेछन ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता