इलाममा नेकपाका जिल्ला संयोजक पक्राउ

इलाम, २३ जेठ : निर्वाचन विरोधी क्रियाकलापमा संलग्न रहेको आरोपमा प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका जिल्लास्तरीय नेतालाई पक्राउ गरेको छ । नेकपाका जिल्ला संयोजक पुष्प भट्टराईलाई सोमबार प्रहरीले धोबीधारा क्षेत्रबाट पक्राउ गरी जिप्रका इलामको हिरासतमा राखेर अनुसन्धान थालिएको जिप्रका इलामका प्रहरी उपरीक्षक सुशीलकुमार यादवले जानकारी दिए । प्रहरीले यसअघि पनि निर्वाचन विरोधी क्रियाकलापमा संलग्न रहेका पाँच जनालाई नियन्त्रणमा लिएको थियो । निर्वाचन विरोधी गतिविधि गर्नेहरुलाई इलाम प्रहरीले खोजीखोजी पक्राउ गर्न थालेको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता