घर बनाउँदा बाटो, नालि अवरोध गर्न पाईने कि नपाईने ? (तस्वीर सहित)


इलामः इलामबजारको बाटो साँगुरो  छ त्यसमा पनि घर निमार्णको क्रममा बाटोको पेटी, नालि र केहि बाटो नै अवरोध हुने गरि निमार्ण सामाग्री राख्ने गरेको पाईन्छ । यसबाट सवरीमा छ्यती हुने । ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको त छदै छ । इलाम नगरपालिकाले दैनिक जसो माईकिङ गरेर यस्ता सामाग्री राखेको भए २४ घण्टा भित्र हटाउनु भनेको छ  नहटाए नगरपालिकाले यस्ता सामग्री उठाउने भनेको पनि छ तर बजारको बाटोमा रहेका सामाग्री नत हटेका छन् नत नगरपालिकाले अहिले सम्म उठाएको नै छ । बाटोमा हिड्ने सर्वसाधरण देखि सवरी सम्मलाई यसले असर गरेको छ । इलामेली सचेत नागरिक भनेर देशभरी भन्निछ के यहि हो त सचेत नागरिक हुनुको मतलव सोचने समय भएको छ । इलामको एक ठाउँमा मात्र हैन धेरै ठाउँमा यस्तो देखिन्छ एक पटक बजार घुमेर हेर्नेहो कि सम्वन्धित निकायले ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता