इलाम
१ असार ः निर्वाचन कार्यालयले गर्ने नमुना मतदान कार्यक्रम गाउँगाउँमा पनि लानुपर्ने इलाममा आयोजित एक कार्यक्रमका वक्ताले आग्रह गरेका छन् । मतदातालाई मतदात गर्न सिकाउन जिल्ला निर्वाचन कार्यालय इलामले इलाम चोक बजारमा गरेको नमुना मतदानमा सहभागी मतदाताले यस्तो बताएका हुन् ।
नमुना मतदान कार्यक्रममा गाउँका सर्वसाधारण नागरिकलाई सहभागी गराई मतदानका लागि व्यवहारिक सिप सिकाउन सकेमा बदर मतको संख्यामा कमी ल्याउन सहयोग मिल्ने उनिहरुले दाबी गरे ।
अझैपनि गाउँका दुरदराजका नागरिकले मतपत्रको नमुना नदेखेको दाबी गर्दै उनिहरुले बुज्रुकहरुलाई सहभागी गराई गरिएको कार्यक्रमले कुनै उपलब्धी नदिने बताउँदै मतदाता शिक्षाका लागि खटेका स्वयंमसेवक पर्याप्त नभएको समेत बताए ।
जिल्लाको पाँच स्थानमा गरिएको नमुना मतदान सबै बजार केन्द्रीत भएको बताउँदै उनिहरुले सरोकारवालालाई गाउँमा पनि नमुना मतदानको कार्यक्रम राख्न आग्रह गर्दै यसो गर्न सकेमा मतदानका बारेमा सर्वसाधारणमा हुने अन्योल समेत हट्ने बताए । निर्वाचन कार्यलयले भने नमुना मतदान कार्यक्रमले सदर मत र बदर मत छुट्याने भन्दा पनि सबैलाई मतदानका विषयमा जानकारी गराउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरेको बताएको छ ।
कार्यालयका अनुसार बजार केन्द्रमा सबै खालका नागरिकहरुको सहभागीलाई जोड दिएर कार्यक्रम सञ्चालन गर्दै आएको छ । निर्वाचनको मिति अझै केहि दिन बाँकी रहेकोले गाउँ केन्द्रीत नमुना मतदान कार्यक्रम गर्ने तयारी समेत रहेको निर्वाचन कार्यालय इलामका अधिकृत प्रेमकुमार काफ्लेले जनाकारी गराए । उनका अनुसार यस अघि मतदान नगरेका, मत बाँड्ने मतदाताको मत बढी बदर हुने देखिएको छ ।
जिल्लाको देउमाइ नगरपालिकाको केन्द्र मंगलबारे, इलाम नगरपालिकाको चोकबजार, बरबोटे, सूर्योदय नगरपालिका सहित पाँच स्थानमा निर्वाचन कार्यालय इलामले गरेको नमुना मतदान कार्यक्रममा पाँच सय बढीलाई सहभागी गराई मतदानका बारेमा जानकारी गराएको छ । प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उद्घाटन गरेका कार्यक्रममा जिल्लाको विभिन्न गाउँका एक सय पचास जना सहभागी भएको निर्वाचन कार्यालयले जनाएको छ ।
0 comments:
Post a Comment