मनिषा चम्लागाईं
मंगलबारे 2 असार: इलामको देउमाई नगरपालिका ४ स्थीत नाँगी डाँडामा पार्क निमार्ण गरिएको छ । जिल्ला बन कार्यलय इलामको ६ लाख रुपयाँ, देउमाई नगरपालिकाको १ लाख रुपयाँ र स्थानिय उपभोक्ताको ५० हजार लागतमा पार्क निमार्ण गरिएको छ ।
सार्वजनिक जग्गामा पार्क निर्माण भएको हो । नमुना नगरपालिका बनाउने उद्धेश्यले पार्क निमार्ण गरिएको देमाई नगरपालिकाका इञ्जिनियर प्रतिक दवाडी बताउँछन् । उनले भने, ‘स्थानिय देउमाई क्षेत्रको नाँगी डाँडामा पर्यटकहरु पहिला देखि आकर्षित थिए, यस क्षेत्रको प्रचारको निम्ति पार्क निर्माण गरिएको हो ।’ पर्यटकीय दृष्टिकोणले समेत नाँगी डाँडा उत्कृष्ट गन्तब्यको रुपमा चिनिदैँ आएको छ । नजिकै रहेको गुफाथुम्की पोखरीले नाँगी डाँडाको सौन्दर्य थपेको छ । यस स्थान बाट पूर्वी पहाडका जिल्लाहरु पाँचथर, ताप्लेजुङ् ,तेह्रथुमका बिभिन्न स्थानको अवलोकन गर्न साथै सुर्योदय हेर्न सकिने भएकाले पार्क निमार्ण गरिएकोे उपभोक्ता समितिका अध्यक्ष पदम खनाल बताउँछन् । आन्तरिक र वाह्य पर्यटकलाई लक्षित गरि ७ रोपनि जग्गामा पार्क निमार्ण गरिएको र पछि क्षेत्रफल विस्तार गदैँ लैजाने सहायक बन अधिकृत गोपाल प्रसाद भट्टराई बताउँछन् । यस पार्कले यस स्थानको आर्थिक बिकासमा महत्वपुर्ण भुमिका खेल्न सहयोग गर्ने स्थानीय दिक्षा लुइटेलको भनाई छ । पहिलो चरणको पार्क निमार्णमा, पार्क वरिपरी घेराबाराको व्यवस्था, फर्निचर निमार्ण, बगौँचा निमार्ण, बृक्षारोपण कार्य सकिएको छ ।
0 comments:
Post a Comment