‘हु केयर’ र क्लोथ बैंकद्वारा चारलाई सहयोग

नमीन ढकाल

इलाम, ३ असार : सामाजिक क्षेत्रमा क्रियाशिल ‘हु केय’र नामक संस्थाले इलामका सडकमा बसोवास गरिरहेका ४ जनाको सरसफाइ गरिदिएको छ । इलाम चोकबजारमा २ जना र बसपार्कमा २ जनालाई नुहाइ–धुवाइ, उपचार र कपाल काटिदिनुका साथै क्लोथ बैंक इलामको सहयोगमा कपडा समेत परिर्वतन गरिदिएको हो । संस्थाले रोशन काप्mले, भाइरस नामले परिचित एक युवा, हेटौडाबाट आएका एक जना पुरुष र अन्य एकजनालाई सरसफाइ, लुगाकपडा परिर्वतन र उपचार गरिदिएको हो । 
सन् २०१२ मा भारतको कालेम्पोङका युवाहरुको सक्रियतामा खुलेको संस्थाको विश्वका १३ देशमा ४ हजार बढी स्वयमसेवकहरु खटिएको सिक्किम संयोजक रोन योन्जनले बताए । इलाममा पहिलो पटक सडकमा बसोवास गरिरहेकाहरुलाई समाजमा पुर्नस्थापित गर्नका लागी अभियान सुरु गरिएको योन्जनले बताए । उनले भने ‘घरपालुवा जनावारले एक दिन खाना नखाइदिँदा चिन्तित हुने समाजले एउटा सडकमा बस्ने मानिसलाई अपहेलित गर्ने गरेकाले उनीहरु पनि समाजका हिस्सा हुन भन्ने आभाष दिलाउनका लागी अभियान सुरु गरिएको हो ।’ हेटौडाबाट २–३ दिनअघिबाट इलाममा देखा परेका अन्दाजी २० वर्षका पुरुषलाई उसको गृहनगर फर्काउनका लागी पहल गरिएको योन्जनले बताए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता