इलाम,३ असारः नेकपा माओवादी केन्द्र इलाम नगरपालिका-१२ का वडाध्यक्षका उम्मेदवार नारायण राई वेपता भएका छन । शनिबार हुने आमसभाको तयारीका लागी भनेर शुक्रबार अपराहन्न ४ बजे घरबाट निस्किएका राई सम्र्पकमा नरहेको नेकपा माओवादी केन्द्र इलाम नगर कमिटीले बताएको छ । बेपता भएका राईको खोजीका लागी प्रहरी र निर्वाचन कार्यालयलाई जानकारी गराइएको इलाम नगरपालिका प्रमुखका उम्मेदवार छविलाल आर्चाय (प्रवाश शर्मा)ले बताए । राईको खोजीका लागी नगर कमिटीले वाइसिएल समेत परिचालन गरिसकेको छ । राईको खोजी नहुन्जेलसम्म इलाम नगरपालिका(१२को मनोनयन कार्यक्रम रोक्नुपर्ने शर्माले बताए । राईको मोवाइल नम्बर ९८१६०८८२०९ मा फोनको रिङ्ग गएपनि उठ्दैन । शनिबार इलाम नगरपालिका-१२ को आयोजनामा निर्वतमान पशुपंक्षी मन्त्री श्रीप्रसाद जवेगुले चुनावी सम्वोधन गर्ने कार्यक्रम तय भएको थियो ।
