‘राष्ट्र निर्माणका लागि कांग्रेसको बिकल्प छैन’: थापा

इलामः नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व स्वास्थ्यमन्त्री गगन थापाले राष्ट्र निर्माणका लागि कांग्रेसको विकल्प नभएको बताएका छन् । इलाम नगरपालिका वडा नम्बर पाँच बिब्ल्याँटेमा भएको चुुनावी सभालाई सम्बोधन गर्दै उनले विगतमा भएका सबै राजनीतिक संक्रमणकालिन अवस्थामा पनि कांग्रेसकै नेतृत्वमा सफल कामहरु भएको दाबी गर्दै थापाले नेपाली कांग्रेसको विकल्प नभएको बताए । उनले आर्थिक संमृद्धि, राजनीतिक निकास तथा राष्ट्रियताको मुलमन्त्र कांग्रेसका मुख्य एजेण्डा भएकाले पनि स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई भोट नहाले देशले हार्ने उनको धारणा थियो । थापाले मत जित्ने कुरा प्राविधिक विषय भएको तर राजनीति जित्नका लागि कांग्रेस कसैसँग पछि नपर्ने र सबै पार्टीसँग सहकार्य गर्ने उनले बताए । उनले नेकपा एमाले पार्टी तथा अन्य पार्टीले आफ्नै कार्यकर्ताका लागि मात्र हेर्ने गरेपनि कांग्रेसले भने समग्र राष्ट्र र जनतालाई समान रुपले हेर्ने विचार ब्यक्त गरे । पुर्वमन्त्री थापाले १२ बुद्धे समझारी देखि संविधान निर्माणको कार्य समेत कांग्रेसकै नेतृत्वमा भएकाले विकास तथा संम्मृद्धिको काम कांग्रेसकै नेतृत्वमा सम्भव रहेको बताए । उनले नेपाली कांग्रेस सानो भएकाले पहिलो संविधान सभा विगठन हुनुपरेको इतिहास बताउँदै दोस्रो संविधान सभाको चुनावमा जनताले कांग्रेसलाई पहिलो पार्टी बनाएकै कारण संविधान निर्माण भएको बताए । उनले अन्य दलले घुर्कियाउने वा धम्क्याउने गरेपनि कांग्रेस एउटा जिम्मेवार पार्टी भएकाले घुर्काउने र धम्याउने सबैलाई एकवद्ध बनाउने कार्यमा एक कदम माथि रहेको उल्लेख गरे । थापाले  राष्ट्र निर्माणका लागि राजनीतिक संक्रमण, राष्ट्रियता तथा आर्थिक संमृद्धि पहिलो विषय रहेको बताउँदै राजनीतिक संक्रमण अन्त्य गर्नका लागि नेपाली कांग्रेसले युद्धमा फसेको माओवादीलाई सडकसम्म र सडकबाट सदन सम्म पु¥याएको बताए । उनले अहिले सम्म पनि राजनीतिक संक्रमण अन्त्य नभएको र संक्रमण अन्त्य गर्ने तागत नेपाली कांग्रेसमा मात्र भएको जिकिर गरे । 
छिमेकी देशको कुरा काटेर र राष्ट्रियतालाई आँच पु¥यायो भनेर कराउँदैमा मात्र राष्ट्रियता नहुने हुनाले देशभक्ती र राष्ट्रियताको भावनाका लागि कांग्रेसलाई कसैले पनि सिकाउनु नपर्ने थापाले बताए । राष्ट्र जोगाउनका लागि भए पनि कांग्रेसलाई भोट हाल्नुपर्ने र इलान नगरपालिकामा उठेका उम्मेद्धार समेत विकासप्रेमी, साथै नेतृत्वदायी भुुमिका निर्वाह गर्न सक्ने भएकाले रुख चिन्हमा मतदान गर्न समेत उपस्थित जनतालाई आग्रह गरेका थिए । थापाले भने– ‘राष्ट्रियताका लागि सबैलाई मिलाउने कांग्रेसले नै हो । न यो मिलाउनका लागि एमालेले सक्छ न कुनै अरु पाटीले’ । इतिहासलाई फर्केर हेर्न जनतालाई आग्रह गर्दै उनले कांग्रेकै नेतृत्वमा मात्र समृद्धिको अभियान सफल हुुने धारणा ब्यक्त गरे ।  उनले नेपाली कांग्रेस सबै पार्टी र जनताको हितको बिषयमा काम गर्ने पाटी भएकाले अन्य पार्टीले जस्तो आफ्नो पार्टीलाई वा आफ्नो दललाई मात्र महत्व नदिने जानकारी दिँदै उनले नेपाल आफैँमा विविधता भएको र प्राकृतिक रुपमा धनी भएकाले आर्थिक संमृद्धिका लागि कसैलाई नेपालले ढोग्नु नपर्ने बताए । उनले यही सालको जस्तो आर्थिक बृद्धिदर बढ्ने हो भने देश विकसित हुन कुनै समस्या नहुने समेत बताए । उनले भने– ‘कांग्रेसलाई हुने खानेको पार्टी भनेर ब्यङग्य गरिन्छ तर यो सही हो । हामी हुने खाने पार्टीकै नेता तथा कार्यकर्ता हौँ ।’ थापाले भने ‘किनकि हामी सबै नेपाली हुनेखाने भएको हेर्न चाहन्छौँ ।’
उनले आफूहरु अन्य पार्टी जस्तो सर्बहारा तथा गरिबको पाटी नभएकोले बताउँदै आफूहरु देशमा विकास तथा समृद्धि चाहने बताए ।  थापाले नेपालमा सबैको आफ्नो महसुस गराउनका लागि नेपाली कांग्रेसको विकल्प नभएको समेत ठोक्वा गरे । उनले कांग्रेसले मधेसको विरोध पनि नगर्ने र पहाडको समर्थन पनि नगर्ने हुनाले पनि कांग्रेसमा निर्धक्क सँग मत हाल्न समेत अनुरोध गरे । कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद सुजता परियारले दलित, जनजाती, अल्पसंख्यकका लागि पनि कांग्रेसलाई मत हाल्नु पर्ने बताइन् । उनले नेपाली जनताले विगतका राजनीतिक इतिहास हेरेर कसलाई भोट हाल्नु पर्ने हो थाहा पाउनु पर्ने समेत बताइन् । त्यस्तै नेपाली कांग्रेसका नेता तथा सांसद केशव थापाले राष्ट्रियता, अखण्डता तथा सर्वभौमिकताका लागि पनि नेपाली कांग्रेसको विकल्प नभएको बताए । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति तथा इलाम नगरपालिकाका मेयर पदका प्रत्यासी हिमालय कर्माचार्य, पुर्व सांसद निर्मला प्रसाइ लगायतले मन्तब्य राख्दै कांग्रेसलाई रुख चिन्हमा मतदान गरे इलाम नगरपालिकालाई पाँच वर्ष भित्रमा सम्पन्न बनाउन पहल गर्ने प्रतिवद्धता जनाएका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता