मुना अधिकारी
इलाम, इलाम नगरपालिका वडा नं ६ मा बसोबास गर्ने विशाल भनिने वर्ष ३८ को नर बहादुर गुरुङ्गले आफ्नै श्रीमती ३० वर्षिय निरु दर्जी गुरुङ्गलाई आइतबार बेलुका धारिलो हतियार खुकुरी प्रयोग गरि गम्भिर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । उनको स्थायी घर भने पाँचथरको रानीटार ६ भएको प्रहरीले जनाएको छ । मिस्त्री काम गर्दै आएका गुरुङ्ग दम्पतीको पाँच बर्षिय छोरा समेत रहेको सोही घरबेटी लिलादेवी लिङ्गदेनले बताइन् । अन्य समयमा श्रीमान श्रीमतीको झगडा भए पनि आइतबार भने भान्सामा खाना खाने समयमा अचानक घटना घटपछि मात्र आफूलाई थाहा भएको बताइन् । गुरुङ्ग दम्पती विगत ६ महिना यताबाट आफ्नो घरमा बस्दै आएको उनले बताइन् ।

घटना पछि नर बहादुरले आफैँ प्रहरीलाई खबर गरेको लिङ्गदेनले बताइन् । घाइते निरुलाई विएण्डसी हस्पिटन विर्तामोड लगिएको र अवस्था भने गम्भिर रहेको जिप्रका इलामले जनाएको छ ।