इलाम, 19 जेठ : इलामको उत्तरी क्षेत्र सन्दकपुर गाँउपालिकामा एउटै पदका लागि सासु बुहारी नै उम्मेद्वार बनेर चुनावी मैदानमा छन् । असार १४ गते हुने निर्वाचनका लागि सन्दकपुर गाँउपालिका–१ को दलित महिला उम्मेद्वारमा सासुबुहारी भिड्ने भएका हुन् । माओवादी केन्द्रले बुहारी सिता वि.क लाई दलित महिला उम्मेद्वार बनाएपछि एमालेले सासु दिलमाया वि.क. लाई सोहि पदमा प्रतिस्पधीको रुपमा अघि बढाएको छ । अहिले बुहारी चुनाव प्रचारपसारमा हिँडिरहेकी छन् । दिलमायाले भनिन ‘लोकतन्त्रमा आ–आफनो आस्था अनुसारको पार्टीमा लाग्न पाइन्छ । त्यसैले मलाई एमाले सहि लाग्यो उम्मेद्ववार बने कान्छी बुहारीलाई माओवादी मनपरेछ त्यसैबाट उम्मेद्वार भइ’ । एउटै पदका लागि एउटै वडाबाट उम्मेद्वार भएपनि घरायसी समस्या नभएको सिताले बताइन । उनले भनिन ‘जस्ले जीते पनि सामाजिक कामका लागि जित्ने हो क्यारे’ ।
सन्दकपुर गाँउपालिका–१ मा एक घरमात्र दलितको बसोवास रहेको छ । दिलमायाको परिवारमा श्रीमान, २ जना बुहारी र कान्छो छोरो रहेका छन । माइलो छोरो विदेशमा रहेको र जेठो छोराको परिवार जिल्ला वाहिर बसोवास गरिरहेका छन । दिलकुमारीकी माइली बुहारी कुनै पनि दलबाट उम्मेद्वार बनेकी छैन्न । सो वडामा काँग्रेस लगायतका अन्य दलहरुलाई दलित उम्मेद्वार पाउन कठिन रहेको छ ।
0 comments:
Post a Comment