इलाम नगरपालिका १० मा नेकपा एमालेको प्यानल विजयी

इलाम नगरपालिका वार्ड नं १० गोदक रोम बहादुर मगरले एक हजार एक सय ८७ मत सहित नेकपा एमालेको प्यानलनै विजयी भएको छ । यो सगैँ इलामको ८१ वटा वडामध्ये १३ वटा वडाको अन्तिम मतपरिणाम आएको छ । जसमा नेकपा एमालेले सात वटा स्थानमा प्यानलसहित विजयी भएको छ भने नेपाली कांग्रेस तीन स्थानमा प्यानलसहित विजयी भएको छ  भने एक स्थानमा वडाध्यक्षमा विजयी भएको छ । सघिंय लिम्बुवान राष्ट्रिय मञ्चले एक स्थानमा विजयी हासिँल गरेको छ । माओादी केन्द्रले पनि एक वडामा जीत हासिँल गरेको छ । 
इलाम नगरपालिकाको पछिल्लो मतपरिणाम भने १२ वटा वडाहरुमध्ये तीन वटा वडाको मतगणा हुँदा मेयरमा नेकपा एमालेका तर्फबाट  २८४३,उपमेयरमा २८६३  मतसगैँ अग्रता कायम गरेको छ । यस्तै नेपाली कांग्रेसबाट मेयरमा २३५१,उपमेयरमा २३३४ मतले दोस्रो स्थानमा रहेको छ । माओवादी केन्द्रले मेयरमा ४०८ र उपमेयरमा ४२४ मतका साथ पछ्याउदै आएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता