चरिकोट,१६ असारः त्रिपुरा ग्लोरियस एकेडेमीद्वारा एसईई परिक्षामा उत्कृष्ठ नजिता ल्याउन सफल छात्रछात्रालाई सम्मान गरेको छ ।
शुक्रबार आयोजित सम्मान कार्यक्रममा त्रिपुरा ग्लोरीयस एकेडेमीका फाउण्डर बेदबहादुर केसीले उत्कृष्ठ बिद्यार्थीलाई मायाको चिनो सहित खादा ओढाएर सम्मान गरेका थिए । दोलखा जिल्लाको सबैभन्दा बढि र उत्कृष्ठ नतिजा ल्याउन सफल त्रिपुरा ग्लोरीयस एकेडेमीमा यसपालि ए प्लस ७ जना, ए १३ जना,बि प्लस १२ जना बिद्यार्थीले नतिजा ल्याउन सफल भएका थिए । सो खुसीयालीमा त्रिपुराले बिद्यार्थीहरुको सम्मान तथा बिदाई कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा त्रिपुराका बिभिन्न बिधामा उत्कृष्ठ प्रर्दशन गर्ने बिद्यार्थीहरुलाई पनि सम्मान गरिएको छ ।
त्रिपुरामा नै अध्ययनरत एसईई परिक्षामा जिल्ला कै सर्बोउत्कृष्ठ नतिजा ल्याएका अभि सुबेदीलाई पनि सम्मान गरिएको छ । अभि सुबेदीले एसईई परिक्षामा ३।७५ जिपीए ल्याई दोलखा उत्कृष्ठ भएका थिए । सम्मान तथा बिदाई कार्यक्रममा पुर्ब बिद्यार्थी शौगात थापा, फाउण्डर तथा समाजसेबी बेदबहादुर केसी, प्याबसनका नेता जगत बहादुर श्रेष्ठ लगायतले मनतब्य ब्यक्त गरेका थिए । त्रिपुरामा हाल ६ सय भन्दा बढि बिद्यार्थी अध्ययनरत छन् ।

