माईजोगमाई ६ मा एमालेको प्यानल विजयी

इलाम, १६ असारः इलामको माईजोगमाई ६ (प्याङ) मा वडाध्यक्षसहित प्यानल नै एमाले विजयी भएको छ । सो वडामा एमालेबाट वडाध्यक्ष भवानीप्रसाद लिङ्दम ९८९३ मत उनकाका निकटतम् प्रतिद्वन्द्वीमा नेपाली काङ्ग्रेसका वडाध्यक्ष रोहितकुमार थवेले ९४०५ मतल्यएका थिए । माईजोगमाई ६ मा जम्मा खसेको मत संख्या १४२९ थियो । यो वडामा गाउँपालिका अध्यक्षमा एमालेको ९०९, काङ्ग्रेसको ४०९ र माओवादीको ५५ तथा उपाध्यक्षमा एमालेको ८३०, काङ्ग्रेसको ४६५ र माओवादीको ६० मत खसेको छ । माई जोगमाई १ र ६ को मतगणना सम्पन्न हुँदा अध्यक्ष र उपाध्यषमा एमालेले साढे सात सय भन्दा बढी मतले अग्रता रहेको छ । अध्यक्षमा एमालेका जीतबहादुर राईले २०८२, काङ्ग्रेसका पेम्बा छिरि शेर्पाले १३१४ र माओवादीका देवीभक्त शिवाकोटीले १६० मत तथा उपाध्यक्षमा एमालेकी सावित्रा भट्टराईले १९२३, काङ्ग्रेसकी लोकमाया थेवेले १३०३ र माओवादीकी संगीता थामीले २२० मत पाएका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता