
जिल्लाका किसानले यसपटक चारलाख बिरुवाको माग गरेका छन् । तर कार्यालयले एक लाख २० हजार मात्र बिरुवा वितरण गर्ने जनाएको छ । कार्यालयले प्रतिकिसान दुईसय बिरुवाका दरले वितरण गर्न थालेको छ । जिल्लामा गत वर्ष एक हजार ६०० हेक्टरमा अलैँचीखेती गरिएको थियो । तथ्याङ्कअनुसार जिल्लामा गत वर्ष ५७६ मेट्रिक टन अलैँची उत्पादन भएको थियो । नेपालको पूर्वी–पहाडी ताप्लेजुङ, सङ्खुवासभा, इलाम, पाँचथर, खोटाङ, धनकुटा, तेह्रथुम, सोलुखुम्वुलगायत जिल्लामा १४ हजार ८०० हेक्टरमा अलैँचीखेती गरिँदै आएको छ ।