
यसअघि माबुमा अपरमाई हाइड्रोपावर निर्माण सम्पन्न गरी १२ मेगावाट विद्युत उत्पादन गरिएको छ । उक्त आयोजनाबाट खेर जाने पानी पुनः सदुपयोग गरी अपरमाई ‘सी’ बाट विद्युत् उत्पादन गरिएको हो । अपरमाई ‘सी’ अपरमाईकै क्यास्केट परियोजना हो । अहिलेसम्म अपरमाई ‘सी’ हाइड्रोपावर सम्पन्न गर्दा ९५ करोड रुपैंयाँ खर्च भएको निर्देशक प्रधानले बताए ।
नबिल बैंक, नेपाल बैंकजस्ता वित्तीय संस्थाले उक्त हाइड्रोमा लगानी गरेका छन् । धितोपत्र बोर्डबाट स्वीकृत भएपछि चाँडै नै स्थानीय बासिन्दाका लागि १० प्रतिशत सेयर खोल्ने तयारी भइरहेको कार्यकारी निर्देशक प्रधानले जानकारी दिए । गएको महिना नै निर्माण सम्पन्न गरी उत्पादन सुरू गर्ने लक्ष्यमा रहेको अपरमाई ‘सी’ को इलेक्ट्रो मेकानिकल कार्यमा समस्या आएपछि यो महिनामा मात्र परीक्षण उत्पादन सफल भएको हो ।