इलाम र झापाको वाढी पहिरोको जानकारी अव, मोवाईल र इन्टरनेटमा

इलाम, पुर्व सूचना प्रणाली अन्तर्गत इलामबाट झापा जाने नदिमा पानीको बहाव मापन गरि सम्वन्धित ब्यक्ति र सुरक्षा निकायलाई मोवाइल तथा इन्टरनेट मार्फत जानकारी गराउन थालिएको छ ।  
इलामका दुई नगरपालिका, एक गाउँपालिका र झापाका दुई नगरपालिका एक गाउँपालिकामा यो कार्यक्रम लागु भएको जानकारी गराइएको थियो । नेपाल टेलिकम र एनसिएलसँगको सहकार्यमा जोखिम क्षेत्रमा बसोबास गर्ने मानिसहरुलाई मोवाइलमा हावा पानीको मात्रा मापन गरेर जानकारी गराइन्छ । 
इलामका ६ स्थानमा हावा पानी मापन केन्द्र, इलाम र झापाको सिमा मैनाचुलीमा जल मापन केन्द्र स्थापना गरिएको रेडक्रस झापा अध्यक्ष लोकराज ढकालले जानकारी दिए । ती प्रत्येक ठाउँमा २५ देखी ३० लाख सम्म खर्च भएको जनाइएको छ । 
बाढीबाट गतवर्ष झापामा एक हजार चार सय पैँसठ्ठी परिवार विस्थापित भएको, १२ जनाको मृत्युु भएको र तीन जना वेपत्ता भएको थियो । 
बाढी पहिरोबाट बच्न र आउन सक्ने खतराका विषयमा जानकारी गराउन सक्ने पुर्व सूचना प्रणालीका विषयमा शुक्रबार इलामका सञ्चारकर्मीहरुलाई जानकारी गराइएको छ । नेपाल रेडक्रस सोसाइटी झापाको आयोजना, इलाम रेडक्रसको समन्वयमा भएको विपत जोखिम न्युुनिकरणमा सञ्चारमाध्यमको भुमिका विषयक गोष्ठिमा इलामका क्रियाशिल सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । 
गोष्ठिलाई रेडक्रस झापा सभापती लोकराज ढकाल, इलाम सभापती देवी गौतम, परियोजना वरिष्ठ संयोजक राकेशकुमार शाह र संयोजक शशिशरण खड्काले सहजीकरण गरेका थिए । कार्यक्रममा रेडक्रसको पहलमा तीनवर्ष अघिबाट इलाम र झापामा लागुुभएको पुर्व सूचना प्रणाली परियोजनाका विषयमा समेत जानकारी गराइएको थियो । 
इलामको मौसमको जानकारीको लिङकः 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता