ताप्लेजुङमा महिलाको शव भेटियो, हत्याको आशंका



ताप्लेजुङ, असारः जिल्लाको आठराई त्रिवेणी गाउँपालीका १ मा एक महिला मृत अवस्थामा फेला परेकी छन् । साविक निगुरादिन–६ का दिलिप थलङ लिम्बुकी ३० वर्षीया श्रीमती सिर्जना लिम्बु घर नजिकैको बारीमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । बिहान घाँस काट्न आएका गाउँलेले घर नजिकैको बारीमा सिर्जनालाई मृत फेला परेपछि प्रहरीलाई खबर गरेका थिए । 
अहिले सो स्थानमा प्रहरी पुगेर घटनाको विषयमा अनुसन्धान गरीरहेको छ । घरमुनिको मकैबारी माडिएको र सिर्जनाको शव भेटिएको स्थानमा धेरै रगत बगेकाले उनको हत्या भएको आंशंका गरिएको छ । सिर्जनाका श्रीमान वैदेशिक रोजगारीमा रहेका छन् । उनी ५ वर्षीया छोरासँग घरमा बस्दै आएकी थिइन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता