पिडाको पोको फुकाउदै बाढिपिडित

मनिषा चम्लागाई
स्थानिय तहको निर्वाचन समाप्तीसँगै जनताहरुले आफ्नो समस्या र पिडाका पोकाहरु फुकाउँन थालेका छन् । सरकारी संयन्त्र र सम्बन्धित निकायहरुको उदासिनताको बिरुद्धमा मानिसहरु बोल्न र संगठित स्वर गुन्जाउन थालेका छन् ।
यसैको उदाहरण स्वरुप बाघेडाँगी बाढिपिडित उपभोक्ता समितिले सडक निमार्ण, तठबन्ध, सिंचाई, वन, भू तथा जलाधार संरक्षण एवंम दैविक प्रकोप बाट हुने सुरक्षाको माग गर्दै डेलिगेशन गएका छन् । बाघेडँगीका स्थानीय बासिले बिरिङ् खोलाको समस्या वर्षे पिछे भोग्दै आइरहेका छन् । बाढिपिडित उपभोक्ता समितिका अध्यक्ष हरी बाहदुर खड्काको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी उत्तर कुमार खत्री र जिल्ला स्थीत अन्य कार्यलय प्रमुखहरु समक्ष डेलिगेशन गएको स्थानिय अनिता राईले बताउनु भयो ।
अजुर्नधारा नगरपालिका वडा नम्बर ४ र ५ जोडदै लक्ष्मिपुरदेखी साधुटार सम्म बन्दै गरेको शहिद राजनगिरी मार्गको बिरिङ् खोला कजवेमा समयमै कजवे निमार्ण हुन नसकेको विषयमा प्रमुख जिल्ला अधिकारीको ध्यानकर्षण गराईएको अध्यक्ष खड्काले बताउनु भयो ।
गत वर्ष पनि कजवे निमार्णको सवालमा ढिलासुीती गरेकै कारण बाघेडाँगीबासीको पचासौं विगाहमा लगाईएको बालीनाली सखाप भएको स्थानीय बताउँछन् । त्यसै गरी आवश्यक स्थानमा कल्भटृ, ह्युमपाईप आदी समेत नराखी दिँदा त्यसबाट बर्षातको समयमा थप जोखिम वहन गर्नु परेको स्थानीयको गुनासो रहेको छ ।
आवश्यकता र मापदण्ड भन्दा ज्यादा निजी जमिनको माटो सडकमा हालिदिदा सडक दाँयाबाँयाको उब्जाउ जमिन पोखरी बनेकै कारण थप समस्या निम्तिएको स्थानीय तिलकजंंग खड्का ९कल्याण० गुनासो गर्नु हुन्छ । उहाले भन्नु भयो ‘‘ठेकदारको लापरवाहीको कारण स्थानीयले समस्या झेलदै आइरहनु परेको छ । काममा गरिएको लापरवाहीको छानबिन गरी दोषीलाई कारवाही गर्नु पर्छ ।’’
यता निमार्ण व्यवसायी पक्षका उपेन्द« प्रसाद सिंह भन्नु भयो ‘‘प्राविधिक समस्याले गर्दा सुरुका दिनमा काम गर्न समास्या आए पनि अहिले द्«त गतिमा काम भइरहेको छ ।’’
डेलिगेसनको समापनमा अध्यक्ष खड्काले गाँउबासीको पिडा व्यक्त गर्दै भन्नु भयो ‘‘खोलासंग हामीले हार्यौ सरकार । हाम्रो प्रयत्न बालुवाको बाधसंगै बगेर गयो । स्थाई तटबन्धनको निमार्ण गराई पाऊँ । आफनो गाँऊ आफ्नो घर जोगाई पाऊँ । नागरिकले सरकारबाट यो भन्दा बढी अपेक्षा गरेका छौँ’’ ।
यस टोलीले अजुर्नधारा नगरपालिकाका वडा नम्बर ४ का वडा अध्यक्ष, नगरपालिकाका प्रमुख उपप्रमुख तथा यस क्षेत्रका सांसदहरु समक्ष डेलिगेसन जाने कार्यक्रम रहेको स्थानीयले बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता