इलामका दुई खेलाडी राष्ट्रिय टीममा समावेश

इलाम: इलामका दुई खेलाडी राष्ट्रिय टीममा समावेश भएका छन् । नेपालले एएफसी यू २३ च्याम्प्यिनसिप छनोटमा विमल घर्ती मगरको कप्तानीमा खेल्ने टीममा इलामका विवेक बस्नेत र छिरिङ गुरुङलाई समेत समावेश गरेको छ । विवेकको घर इलाम नगरपालिका हो भने छिरिङको सन्दकपुर गाउँ पालिका हो । छिरिङ डिफेन्स र विवेक मिड फिल्डर हुन् । 
उनीहरु दुई वर्षअघि नेपालले साफ यू १९ च्याम्पियनसिपको उपाधि जित्दाका कप्तान समेत रहेका विमलले यसपटक पनि टोलीको नेतृत्व गर्ने मौका पाएका छन् । प्रशिक्षक राजुकाजी शाक्यले २३ खेलाडीको अन्तिम छनोट गर्दै राष्ट्रिय टोलीमा समेत रहेको विमललाई कप्तानको जिम्मेवारी दिएका हुन् । अर्का राष्ट्रिय खेलाडी अनन्त तामाङ टोलीको उप कप्तान रहेका छन् । 
यहि टोलीले आज बंगलादेशसँगको मैत्रीपूर्ण खेल खेल्नेछ । संयुक्त अरब इमिरेट्स (युएइ)मा हुने च्याम्पियनसिप छनोटको समूह ‘डी’ मा रहेको नेपालले असार २९ गते त्यस्ते तर्फ प्रस्थान गर्नेछ । नेपालले पहिलो खेल आयोजक युइएसँग ३१ गते खेल्नेछ । नेपालले साउन २ गते उज्वेकिस्तान र त्यसको दुई दिनपछि समूह चरणको अन्तिम खेलमा लेबनानको सामना गर्नेछ ।
आइतबार छनोट भएका यू २३ टोलीका खेलाडी 
गोलकिपर– (एलेन न्यौपाने, अशोक बराल र किशोर गिरी) गरि तीनजना रहेका छन् । रक्षकमा (अनन्त तामाङ, दीनेश राजवंशी, गौरव बुढाथोकी, कमल श्रेष्ठ, अमित तामाङ, निरज बस्नेत, छिरिङ गुरुङ र लक्ष्मण जिसी) रहेका छन् ।
 मिडफिल्डमा (हेमन गुरुङ, हेमन्त मगर, सुमन लामा, सुनिल बल, पुजन उपरकोटी, तेज तामाङ, डोना थापा र विवेक बस्नेत) लाई समावेश गरिएको छ । फरवार्ड (विमल घर्ती मगर, अन्जन विष्ट, संजोग राई र विश्वास श्रेष्ठलाई समावेश गरिएको जनाइएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता