इलाम नगरपालिकाका जनप्रतिनिधिहरुलाई सपथ ग्रहण तथा पद बहाली गराइयो

इलाम २२ असार: इलाम नगरपालिका इलामको नवनिर्वाचित जनप्रतिनिधिको सपथ ग्रहण तथा पद बहाली कार्यक्रम बिहीबार इलाममा सम्पन्न भएको छ । १२ वडा रहेको नगरपालिकाको प्रमुख तथा उप–प्रमुख र वडा अध्यक्षलाई जिल्ला निर्वाचन अधिकृत तथा मुख्य न्यायधिस नवराज दाहालले सपथ गराए । सपथ पछि नगरपालिकाका कार्यकारी अधिकृत महेन्द्र खाम्याहाले निर्वाचित नगर प्रमुख महेश बस्नेतलाई पद बहाली गराए । वडाका वडा सदस्यलाई भने निर्वाचित नगर प्रमुख महेश बस्नेतले सपथ गराएका थिए । नगरपालिकामा ६२ जनप्रतिनिधि निर्वाचित छन् । यस अघि देउमाई नगरपालिकामा पद बहाली तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नेकपा एमालेका संसदीय दलका उपनेता तथा पूर्व सभामुख सुवास चन्द्र नेम्बाङले जनताको ७० वर्षपछिको सपना पुरा भएको बताउँदै, संविधान कार्यान्वयनको ठोस काम सुरु भएको बताए । उनले निर्वाचन पछि दलीय प्रतिस्पर्धा सकिएकोले चुनिएको जनप्रतिनिधिले सबै नागरिकको भावनालाई समेट्न सुझाउँदै यसो गर्न सकेमा मात्र नागरिकले कल्पना गरेको सपना पुरा गर्न सकिने बताए । उपनेता नेम्बाङले सबै दल एक हुन सकेमा मुलकका असम्भव काम समेत सम्भव हुने स्थानीय तहको निर्वाचनले पाठ सिकाएको बताउँदै, तेस्रो चरणको निर्वाचन समेत निर्धारित समयमा हुने विश्वास व्यक्त गरे । उनले माघ ७ भित्रमा प्रदेश र केन्द्रको निर्वाचन समेत यसै गरी सम्पन्न गर्न सहयोग गर्न आग्रह समेत गरे ।
कार्यक्रममा मूख्य निर्वाचन अधिकृत नवराज दाहालले पक्ष विपक्षको सवाल निर्वाचन सम्पन्न भएसँगै सकिएकोले जनप्रतिनिधिले सबै नागरिकका लागि काम गरेर लोकतन्त्रको नयाँ सस्कृति थाल्नु पर्नेमा जोड दिए । साथै निर्वाचन सम्पन्न गर्न सहयोग गर्नुहुने सबैलाई धन्यवाद व्याक्त गरे । कार्यक्रममा नेपली कांग्रेसका जिल्ला सभापति हिमालय कर्माचार्यले जनप्रतिनिधिले दलगत स्वार्थ भन्दा माथि उठेर काम गर्नुपर्नेमा जोड दिए । उनले नागरिकको साझा एजेण्डालाई सम्बोधन गर्न बीस वर्षपछि आएको जननिर्वाचित प्रतिनिधिले काम गर्न सक्नुपर्ने बताए । कार्यक्रममा माओवादी केन्द्रमा जीवन शर्मा, नगरपालिकाका निर्वाचित प्रमुख महेश बस्नेत, प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल लगायतले बोलेका थिए । कार्यक्रममा जिल्लाका सरकारी कार्यालयका प्रमुख सुरक्षा निकायका प्रमुखको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता