इलाममा पहिलो पटक नाटक महोत्सव शुरु


इलाम, २२ असार: इलाममा पहिलो राष्ट्रिय नाटक महोत्सव शुरु भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको वार्षिक कार्यक्रम अनुसार सुरु भएको महोत्वस असार २५ गतेसम्म संचालन हुनेछ ।  महोत्सवमा नौ वटा नाटय समुहले नाटक प्रर्दशन गर्दैछन । महोत्सवको पहिलो दिन चेतना नाट्य समुहले डा. देवी क्षेत्री दुलालद्धारा लिखित ‘एउटा यस्तो पार्टी’ नामक नाटक र कदम थिएटरले उपेन्द्र सुव्वाद्धारा लिखित ‘मरिचेको चुप्पी’ नामक नाटक मञ्चन गरेका छन ।

शुक्रबार क्षितिज नाट्य समुह झापाले माधब कल्पितद्धारा लिखित ‘इजलासको फैसला’ नामक नाटक मञ्चन गर्नेछ । इलाम सदरमुकाममा रहेको गौतम बुद्ध सभागृहमा चलिरहेको महोत्सव सम्पन्न गर्न करिब २० लाख रुपैंयाँ खर्च हुुने अनुुमान गरिएको छ । प्रतिष्ठानले करिब दश लाख रकम विनियोजन गर्ने र अन्य रकम सहयोगी संघसंस्था र ब्यक्तिबाट संकलन गरिने भएको छ । नाट्य महोत्सवमा प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठ, सदस्य सचिव गणेश रसिक लगायतको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता