सामाजिक हितमा काम गर्ने मेयर पोख्रेलको भनाई प्रत्यासी उम्मेद्वारले समेत दिए विजयी उम्मेद्वारलाई बधाई

टीका खतिवडा
मंगलबारे २१ असार: देउमाई नगरपालिकाका नवनिर्वाचित मेयर सुर्य पोख्रेलले आफुले प्रतिवद्धता पत्रमा उल्लेख गरेका कुरा पुरा गर्ने प्रतिवद्धता पुनः दोहो¥याएका छन् । सपथ ग्रहण तथा पदबहाली ग्रहण गर्दै मेयर पोख्रेलले देउमाई नगरपालिका स्थानिय तह मात्र नभएर सरकार भएको बताउँदै सामाजिक सुरक्षा, सुरक्षित मातृत्व जस्ता कार्यक्रमलाई प्राथमिकता दिएर नीति कार्यक्रम तथा बजेटमा समावेश गर्ने बताएका छन् । उनले देउमाई नगरपालिकालाई सफा सुन्दर साथै हराभरा बनाउन तत्कालै सार्वजनिक शौचालयको ब्यवस्था गर्ने र फोहोर फाल्ने केन्द्रको स्थापना गर्ने बताएका छन् । सडक र विद्युत सबैको पहुँचमा पु¥याउन समेत आफु लागि पर्ने बताउँदै उनले स्वास्थ्य शिक्षाको क्षेत्रमा विकास गर्न आफु तत्पर रहेको बताए छन् । मेयर पोख्रेल र उपमेयर पविमाया राईलाई देउमाई नगरपालिकाका निर्वाचन अधिकृत प्रेमप्रसाद दाहालले सपथ ग्रहण  गराएका थिए । अन्य वडा अध्यक्ष तथा सदस्यहरुलाई भने मेयर पोख्रेलले सपथ ग्रहण गराएका थिए । 
सपथ ग्रहणपछि मेयर उपमेयर लगायतको टोलीले देउमाई नगरपालिका २ मा रहेको रत्नकुमार वान्तवाको शालिकमा फुलमाला सहित माल्यारपण गरेका थिए । त्यहाँबाट फर्केर आएपछि मात्र उनीहरुले पदबहाली गरेको निर्वाचन अधिकृत दाहालले जानकारी दिए । शहिदले देखाएको बाटोमा हिँड्न र उनीहरुले बोकेको सफना साकार पार्न समेत आफ लागि पर्ने मेयर पोख्रेलले बताएका थिए । सपथ ग्रहण कार्यक्रममा मेयर पोख्रेलका निकतम प्रतिस्पर्धी नेपाली कांग्रेसका होम दुलाल, माओवादी केन्द्रका राम राई लगायत स्थानिय राजनीति दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि तथा स्थानियको उपस्थिती रहेको थियो । मेयर पदका प्रत्यासी उम्मेद्धार होम दुलाल, राम राई लगायत पराजित उम्मेद्धारहरुले समेत आगामी कार्यक्रममा सहकार्य गरेर जान विजयी उम्मेद्धारहरुलाई सुझाएका थिए । उनीहरु एउटै मञ्चमा बसेर विजयी उम्मेद्धारहरुलाई बधाई तथा कार्य सफलताको शुभकामना समेत दिएका थिए । 
यता इलाम नगरपालिकाको सपथ ग्रहण तथा पदबहाली बिहीबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा हुने कार्यक्रम तय भएको छ । इलाम जिल्लाको १० वटै सबै तहको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ । चारवटै नगरपालिकाको प्रमुखमा नेकपा एमालेले कब्जा जमाएको छ भने तीनवटा गाउँपालिकामा एमाले र तीनवटा गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।
उता सन्दकपुर गाउँपालिका नवनिर्वाचित प्रतिनिधिद्धारा गठित सन्दकपूर गाउँपालिकाको कार्यपालिकाको दोस्रो बैठक बुधबार विभिन्न सात निर्णय गर्दै सम्पन्न भएको छ । वडा कार्यपालिकामा कर्मचारी व्यवस्थित गर्ने, विभिन्न घटना दर्ता, उद्योग दर्ता, सम्पत्ती मूल्याङकन र सरकारी सम्पत्तीको अध्ययन गरी कार्यान्वयन गर्ने, जस्ता निर्णयहरु गरेको छ । त्यस्तै बैठकले गाउँपालिकाको प्रवक्ताको रुपमा वडा नम्बर २ का अध्यक्ष गिरीराज खनाललाई चयन गरेको छ । भने गाउँपालिका उपाध्यक्ष शोभा पराजुलीको संयोजकत्वमा राजस्व परामर्श समिति समेत गठन गरेको छ । गाउँपालिका अध्यक्ष उदय राईको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता