मौनतामा अल्झिएको कांग्रेस

अनुजा काफ्ले घिमिरे
असफलता नै सफलताको प्रतीक हो । वास्तवमा कांग्रेसीहरुले मौन नरही सोच्ने दिन अगाडिबाटै आइसकेको थियो तर दुर्भाग्य होला सम्भव भइरहेको थिएन । अघि बाटै केन्द्रको मछाड देख्दा लाग्थ्यो कांग्रेसलाई दशा चलेकै छ । अतः जनतामा पनि विचलन पैदा नभएको हैन  तर प्रसफुटन हुन मात्र  सकिरहेको थिएन । फलस्वरूप  पार्टी  अवनति तर्फ ढल्किने सङ्केत गरिरहकै थियो ।  
आज स्थानीय तहको निर्वाचनको नतिजा  प्राप्त भइरहदा  कांग्रेसले ठुलो मुल्य चुकाइरहेको अनुभुति दिइरहेको छ । हो कांग्रेसमा आस्थावान् जनताहरुको नशा नशामा त कांग्रेसको तातो रगत बगिरहेकै छ । यस परिस्थितिमा आस्थावान् जनतालाई मन सम्हाल्न निकै हम्मेहम्मे परिरहेको छ । अनि यही कही कतै  सङ्गठनभित्रबाटै अन्तरघात भएको पनि हल्ला चलिरहेकै  छ । यो कसरी भयो ? के अब कांग्रेस यसरी नै ओरालो लाग्दै जाने हो ? यसको समधानका लागि सङ्गठनमा आबद्द एक एक कांग्रेसीहरुले मनन गर्न ढिलो भइसक्यो । जो जनताको नशामा कांग्रेसको तातो रगत बगेको छ उसले ठूलो यातना भोगि सकेको छ ।
सोचौ सोचौ अझ धेरै सोचौ !! कांग्रेसका स्थानीय स्तरका कार्यकर्ता, नेतादेखि लिएर  केन्द्रसम्मकाले अब कांग्रेसलाई कसरी बिउझाउने ? पुनः जनताको मनमा  कसरी बहाली गर्ने ? किनकि  हामी यी आस्थावानहरु अर्को पार्टीको रगत नशा नशामा प्रवाह  गर्न  सक्दैनौं । अनि  विपीको  सिद्धान्त बोकेको पार्टीलाई यसै त्याग्न  पनि। फेरि पुर्खाको सराप पनि त लाग्ला ।  जसले देशलाई ठूलो सङ्कटबाट बचाएका थिए । जो हामीले बिर्सन हुन्न ।
हो अब कांग्रेसले अर्काको आङ्को जुम्रा नहेरेर पहिले आफ्नो आङ्को भैंसी धपाउनु  पर्ने छ । कांग्रेसले अब तछाड र मछाडको सिद्धान्त तोड्नु पर्ने छ । व्यक्तिगत स्वार्थबाट टाडा रहेर सङ्गठनको सुदृढीकरणमा  जोड दिनु पर्ने छ। सङ्गठन रहे त कांग्रेस रहन्छ । अनि कांग्रेसी भएर राजनीति गर्न सकिन्छ । नभए के अर्थ यहाँ ?
हामी कांग्रेसीले  पश्चताप गरेर नबसौ । अब आजैबाट जुटौ । सबै कांग्रेसी एक हौ । सङ्गठन मजबुत बनाउन तर्फ लागौ । पुनः देशको प्रथम राजनीतिक दल अवश्य हुनेछौ । जय कांग्रेस ! जय नेपाल !!
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता