माई नगरपालिकामा प्रमुख र उपप्रमुखमा एमाले विजयी

इलामः दक्षिणी इलामको माई नगरपालिकाको नगर प्रमुख र उपप्रमुख पदमा एमालेका उम्मेदवारहरु विजयी भएका छन् । प्रमुख पदमा एमालेका दीपककुमार थेवे र उपप्रमुख पदमा विष्णुमाया आचार्य विजयी भएका हुन् । उनीहरुले क्रमशः १५५१ र १२१३ मतको अन्तरले नेपाली कांग्रेसका उम्मेदवारहरुलाई पराजित गरेका हुन् । कांग्रेसका प्रमुख र उपप्रमुखका उम्मेदवारहरु विष्णु हेम कुमार कार्कीले ४५२६ र चन्द्रमाया लिम्बूले ४६८३ मत ल्याएका छन् । विजेताहरु दीपक कुमारले ६०७७ र विष्णुमायाले ५८९६ मत प्राप्त गरेका छन् ।
माई नगरपालिकाका १० वडाहरु मध्ये आठ वटा वडाहरुमा एमालेको प्यानल विजयी भएको छ भने एउटा वडामा काङ्ग्रेसको प्यानल विजयी भएको छ । एउटा वडामा मिश्रित परिणाम आएको छ । वडा नम्बर १, २, ४, ५, ६, ७, ८ र ९ मा एमालेको प्यानल विजयी भएको हो । वडा नम्बर १० मा नेपाली काङ्ग्रेसको प्यानल विजयी भएको छ भने वडा नम्बर ३ मा वडाध्यक्षसहित ३ जना वडा सदस्य काङ्ग्रेस र एकजना सदस्य एमाले विजयी भएका छन् । माई नगरपालिकाको वडा नम्बर १ (साविक दानाबारी गाविस ८, ९) मा एमालेको प्यानल नै विजयी भएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता