चुनाव अगाडी गरेका प्रतिवद्धता पुरा गर्ने नव निर्वाचित मेयरको भनाई

टीका खतिवडा,
इलाम:  इलाम नगरपालिकाका नव निर्वाचित मेयर महेश बस्नेतले आफु अब जनताको प्रतिनिधि भएको वताएका छन् । आफु एमालेको मात्र प्रतिनिधि नभएको वताउँदै उनले जनताको सेवा इलाम नगरपालिकाको प्रतिनिधि भएको वताएका हुन् । इलाम चौक वजारमा आयोजित विजय उत्सव ¥याली सहितको कोण सभालाई सम्वोधन गर्दै मेयर बस्नेतले जनप्रतिनिधिको रुपमा इलाम नगरमा जनताले नै पठाएको वताउँदै आफुले जाहेर गरेका प्रतिवद्धता पुरा गर्ने समेत दोहो¥याएका छन् । इलाम नगरपालिकालाई समृद्ध वनाउन जनताकै साथ र सहयोग आवश्यक रहेको वताउँदै उनले पाँच वर्ष भित्रमा इलाम नगरपालिका अझ विकसित अनी समृद्ध हुने धारणा समेत ब्यक्त गरे । आफुले यस पदमा रहँदा ब्यक्तिगत लाभ नहेर्ने  नगरलाई सम्मुनत वनाउन सँधै लागि पर्ने धारणा राखेका थिए । मेयर बस्नेतले नगरको विकास गर्न सँधै सवैसँग हातेमालो गर्ने प्रतिवद्धता समेत जनाएका थिए । इलाम नगरपालिकाबाट विजय भएका सवै वडाध्यक्ष अनी सदस्यहरु सहित हजारौँ मतदाता र पार्टीका नेता तथा कार्यकर्ताको कार्यक्रममा सहभागिता रहेको थियो । विजय उत्सवमा उपस्थितहरुले नाचगान सहित एकआपसका खुसी साटासाट गरेका थिए । बस्नेत ११०३३ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका हिमालय कर्माचार्यले ९२६८ मत प्राप्त गरे । २०५४ को स्थानीय निर्वाचनमा पनि बस्नेतले कर्माचार्यलाई नै इलाम नगरपालिकाको मेयरमा ७३ मतले पराजित गरेका थिए ।
कार्यक्रममा जिल्ला स्थित पार्टी नेता तथा कार्यकर्ताहरुले मन्तब्य राख्दै निर्वाचित मेयर बस्नेत लगायत विजयी प्रतिनिधिहरुलाई बधाई तथा शुभकामना ब्यक्त गरेका थिए । 
उता देउमाई नगरपालिकामा विजयी भएका मेयर सुर्य पोख्रेलले समेत आफुले अव जनताको काम गर्ने प्रतिवद्धता जनाएका छन् । इलामको देउमाई नगरपालिका स्थित मंगलबारे वजारमा आयोजित विजय उत्सवलाई सम्वोधन गर्दै उनले प्रतिवद्धता पत्रमा उल्लेख भएका कुरा पुरा गर्ने वताएका थिए । कार्यक्रममा वडा वडाबाट विजय उत्सव निकालिएको थियो । निर्वाचित मेयर तथा उपमेयरहरुले मतदातालाई निर्वाचित गराएकोमा धन्यवाद ब्यक्त गरेका थिए । देउमाई नगरपालिकाको प्रमुखमा सूर्य पोख्रेल र उपप्रमुखमा पनि एमालेकै पविमाया (पुष्पा) राई विजयी भएका हुन् । पोख्रेलले काङ्ग्रेसका प्रमुखका उम्मेद्वार होम दुलाललाई ७०२ मत अन्तरले पराजित गर्दै विजयी भएका हुन भने राईले काङ्ग्रेसकी उम्मेद्वारलाई ९९७ मतले पराजित गर्दै विजयी भएका हुन् । पोखरेलले ७३४७ र राईले ७३८७ मत प्राप्त गरेका छन् । काङ्ग्रेसका प्रमुखका उम्मेदवार दुलालले ६६४५ र उपप्रमुखका उम्मेदवारले ६३९० मत प्राप्त गरेका हुन् ।   
इलामको फाकफोकथुम गाउँपालिकाका अध्यक्षमा नेपाली काँग्रेसका  रामकुमार श्रेष्ठले चार हजार १४२ मत ल्याएर विजयी भएका छन् । 
उनका निकटतम प्रतिष्पिर्धी नेकपा एमालेका दिपेन्द्र खनालले तीन हजार ९७८ मत प्राप्त गरे । उपप्रमुखमा एमालेकी सरस्वती राई (सरू) ले चार हजार २४१ मत प्राप्त गरेर विजयी भइन् । उनका निकटतम प्रतिष्पर्धी  काँग्रेसकी डालाकुमारी कार्की (विष्ट) ले तीन हजार ९८७ मत प्राप्त गरिन् । 
माङ्सेबुङ गाउँपालिकाको अध्यक्षमा काङ्ग्रेसका डिकेन्द्र इदिङ्गो ३७५९ मत ल्याएर विजयी भएका छन् भने उपाध्यक्षमा एमालेकी सुनिता सुब्बा लिम्बूले २९८१ मत ल्याएर विजयी भएका छन् । निकटतम् प्रतिष्पर्धी अध्यक्षमा नेकपा एमालेले ३१५१ र उपाध्यक्षमा संघीय समाजवादी फोरमले २७७१ मत प्राप्त गरेका छन् ।  
इलामको रोङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । काँग्रेससका शमसेर राईले ३९१४ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिष्पर्धी एमालेका बृहस्पति खतिवडाले ३६७२ प्राप्त गरे । उपाध्यक्षमा नेपाली कांग्रेसकी चन्द्रकला राई ४११३ मतमा साथ बिजयी भइन् । उनको निकटतम प्रतिष्पर्धी एमालेकी विष्णुमाया खवासले ३६६७ मत प्राप्त गरिन ।

 इलामको माई जोगमाई गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेले विजय हाँसिल गरेको छ । एमालेबाट जीतबहादुर राई अध्यक्षमा र सावित्रा भट्टराई उपाध्यक्षमा विजयी भएका हुन् । राईले ५६९६ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका उम्मेदवारले ३९३६ मत ल्याएका छन् । त्यस्तै भट्टराईले ५२९५ मत ल्याएर विजयी भइन् भने उनकी निकटतम प्रतिष्पर्धी काङ्ग्रेसकी उम्मेद्वारले ३९४२ मत ल्याएकी छिन् । माईजोगमाईमा माओवादी केन्द्रका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारले क्रमशः ७२१ र ९९१ मत ल्याएका थिए ।
सन्दकपुर गाउँपालिकामा नेकपा एमालेका अध्यक्षका उम्मेदवार उदय राई र उपाध्यक्ष पबित्रा पराजुलीले जीत हात परेका छन् । एमालेबाट अध्यक्ष पदमा विजयी उम्मेदवार उदय राईले ४५२९ र निकटतम प्रतिष्पर्धी नेका देवेन्द्र सुवेदीले २३५४ मत प्रप्त गरेका छन् । उपाध्यक्षमा विजयी उम्मेदवार एमालेकी शोभा पराजुलीले ३९३० मत ल्याउँदा उनकी निकटतम प्रतिष्पर्धी सविता गुरुङले २१७२ मत प्राप्त गरेकी थिइन् । 
इलामको चुलाचुली गाउँपालिकामा पनि नेकपा एमालेका उम्मेद्वार प्रदिपचन्द्र राईले जितेका छन् । उपाध्यक्षमा एमालेका निर्मला दाहालले जितेकी छिन् । अध्यक्षमा विजयी भएका राईले ३ हजार ३६४ र उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजेन्द्र केरुङले ३ हजार १४९ मत ल्याएका छन् । यसरी नै उपाध्क्षमा विजयी भएकी दाहालले ३ हजार ४९३ र उनकी निकटतम् प्रतिष्पर्धी नेपाली कांग्रेसकी लक्ष्मी मिस्त्रको २३ सय ९५ मत आएको छ । अन्तिम मत परिणाम सार्वजनिक भएका स्थानिय तहरुमा विजयीभएका उम्मेद्धारहरुले विजय उत्सव सहित ¥याली सहित कोणसभा सम्पन्न गर्दै खुसी साटासाट गरेका थिए । माई नपामा नेकपा एमाले विजयी । एमालेका प्रमुख दिपक थेबेले ६०७७ प्राप्त गरे भने उनका प्रत्यासी नेपाली काँग्रेसका हेमकुमार कार्की (विष्णु) ले ४५२६ प्राप्त गरे । उपप्रमुखमा एमाले कै विष्णुमाया आचार्यले ५८९६ प्राप्त गरिन । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी चन्द्रमाया लिम्बूले ४६८३ मत प्राप्त गरिन । सुर्योदय नगरपालिको भने मत गणना अझै चलीरहेको छ । जहाँ एमालेकै अग्रता रहेको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता