अस्पताल जस्तो संवेदनशील क्षेत्रमा पनि विचौलियाहरुको विगविगी

काठमाण्डौ । विचौलियाहरुको विगविगी केमा छैन रु हुँदा हुँदा अब अस्पताल जस्तो संवेदनशील क्षेत्रमा पनि विचौलियाहरुको उपस्थितिले उत्पात मच्चाउन थालेको छ । अस्पतालहरुमा चिकित्सकको लापरवाहीले विरामीको मृत्यु हुँदा आन्दोलन, तोडफोड र हुलदंगा हुँदै आएको छ । यस्ता घटना पटक पटक दोहोरिसकेका केही निजी अस्पतालका अनुसार हरेक पटक एउटै समुह आएर अस्पताल तोडफोड गर्ने र क्षतिपूर्ति माग्ने गरेका छन् ।
अस्पतालमा हुने मृत्युमा शंका भएमा पोस्टमार्टम गरेर चिकित्सकको लापरवाही हो या होइन भन्ने निक्र्योेल गर्न सकिन्छ तर त्यसो भएको छैन । काठमाडांैमा पटक पटक आन्दोलन भैसकेको केहि अस्पतालहरु विरामीको मृत्यु हुँदा दिने गरेको क्षतिपूर्तिका बारेमा केही बताउन चाहदैनन । तर हरेक पटकको यस्ता घटनामा अस्पताल तोडफोड र क्षतिपूर्तिको माग गर्ने समुह भने दोहोरिने गरेको बताएका छ । अस्पताल जस्तो संबेदनशिल क्षेत्रमा पनि आन्दोलन तोडफोड र हुल दंगा जस्ता गतिबिधि बढ्दै जानुले गम्भीर बिरामीलाइ अस्पतालमा भर्ना लिनै त्रासपूर्ण भएको बरिष्ठ चिकित्सक डा भोला रिजाल बताउनु हुन्छ ।
अस्पतालमा तोडफोड गर्ने र हुल दंगा मच्चाउने एउटा गिरोह नै सक्रिय रहेको भन्दै अस्पतालहरु असुरक्षित रहेकोमा चिकित्सकहरुले चिन्ता व्यक्त गरेका छन् । बिरामीको मृत्युपछि उत्पन्न हुने असहज अवस्थालाई साम्य पार्न अस्पतालहरुले क्षतिपूर्ति दिने गर्छन तर त्यो रकम पीडितले भन्दा अस्पताल तोडफोड गर्ने र क्षतिपूर्तिको दलाली गर्ने त्यस्ता गिरोहले कुम्ल्याउछन् । अस्पतालमा हुने त्यस्ता मृत्युमा शंका लागेमा छानबिनको लागि जिल्ला जनस्वास्थ्यमा उजुरी दिनु पर्ने हो तर यस्ता घटनाको उजुरी अहिले सम्म एउटा पनि परेको छैन । उजुरी नपर्नाले छानबिन हुन नसकेको चिकित्सा महाशाखाका प्रमुख डा। भोलाराम श्रेष्ठ बताउछ ।
यस्ता घटनामा चिकित्सकको लापरबाही हो या होइन भन्ने छानबिन गर्नु पर्ने निकाय नेपाल मेडिकल काउन्सिल नै निस्क्रिय छ । अहिले सम्म काठमाण्डौका अधिकांस अस्पतालमा यस्ता घटना पटक पटक भैसकेका छन् । अस्पताल जस्तो संवेदनशील क्षेत्रमा हुलदुंगा मच्चाउने क्षतिपूर्ति माग्ने र यसरी शब् ढुकेर बस्ने गिरोह नै रहेको निजी अस्पतालहरुले दावी छ । अस्पताल जस्तो क्षेत्रमा देखिएको विचौलियाहरुको यस्ता विगविगी रोक्न सरोकारावाला निकाय चनाखो बन्न आवश्यक छ । न्युज ट्वन्टीफोरबाट
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता