भारतको नयाँ कर प्रणालीका कारण तीन दर्जन नेपाली ट्रक सीमापारी अलपत्र

इलाम १९ असार   भारतमा वस्तु तथा सेवासम्बन्धी जीएसटी कर लागुभएपछि तीन दर्जन नेपाली मालबाहक ट्रक सीमापारी रोकिएका छन् । महोत्तरी जिल्लासँग सीमा जोडिएको भिट्ठामोड कस्टमले नयाँ कर प्रणली अनुसार ‘वील अफ एक्सपोर्ट’ दिन नसकेपछि ट्याङ्कर र ट्रक सीमापारीनै रोकिएका हुन् । भारतको वरौनीबाट पेट्रोलियम पदार्थ बोकेर महेन्द्रनगर डिपो जान लागेका १८ ट्याङकर आक्ष्तबार देखि नै कस्टम क्लियरेन्सको पर्खाइमा छन् । त्यस्तै दैनिक उपभोग्य वस्तु बोकका १७ ट्रक पनि भारतमै रोकिएका छन् । यसअघि तरकारी बोकेका ३० भन्दा बढी ट्रक शनिवार नै फिर्ता भएको भन्सार कार्यालयले जनाएको छ । जीएसटी लागु भएपछि हातले लेखेर गरिने काम कप्युटरमा गर्नुपर्ने भएपनि सफ्टवयर आईनसकेकाले कस्टम क्लियरेन्स गर्न नसकिएको भारतीय कस्टमका ईन्सपेक्टर जितेन्द्रप्रसाद सिंहले बताए । पटनास्थित विभागबाट जिएसटी सफट्वेयर आएलगत्तै यो समस्या समाधान हुने उनको दाबी छ । आयात ब्यापार ठप्प भएपछि जलेश्वर भन्सारको पनि कर असुली प्रभावित भएको छ । शनिबारदेखि राजश्व संकलन नभएको प्रमुख भन्सार अधिकृत केशव भण्डरीले बताए । भारतको कस्टम कार्यालयले ‘वील अफ एक्सपोर्ट’ दिएपछि मात्र सीमापारीबाट आएका मालवाहक ट्रक नेपाल प्रवेश गर्न पाउनेछन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता