एमालेको मत बढाएको पाइएपछि धरानका दुई मतगणक निष्कासित

धरान । मतगणना स्थलबाटै एमालेका उम्मेदवारको मत बढाएको प्रमाणित भएपछि धरानका दुई जना मतगणकलाई मतगणनास्थलबाट निष्कासन गरिएको छ । एमालेको ५० मत बढाएको पाइएपछि मतगणनास्तल समूह ग र समूह ङ मा रहेका क्रमसः मानबहादुर कार्की, धनबहादुर राईलाई मतगणना कार्यबाट निष्कासन गरिएको हो ।
वडा नम्बर ११ को मतगणना चलिरहँदा दुई गणकले नियोजित रुपमा एमालेको मत बढाएको पाइएको बताइएको छ । निर्वाचन अधिकृत र दलका प्रतिनिधिको सहमतिपछि उनीहरुलाई निष्कासन गरिएको हो ।
दुई गणकलाई निस्कासन गरिएपछि मतगणना सुचारु भएको छ ।  अनलाईनखबरबाट
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता