इलाम: सूर्योदय नगरपालिकामा नेकपा एमालेका रनवहादुर राई विजयी भइका छन् । उपाध्यक्षमा पनि नेकपा एमाले कै दुर्गा भट्टराई विजयी भएकी छिन् । अध्यक्षमा विजयी राईले १२९१९ मत र उनका निकटतम प्रतिस्प्रधि नेपाली कांग्रेसका प्रेमलाल चाम्लिङले १०३२९ मत ल्याएका छन् । यसरी नै उपाध्यक्षमा दुर्गा भट्टराई १२८९० मत ल्यएर विजयी हुनुभएको छ । उनका निकटतम प्रतिस्प्रधि खगेश्वरी अधिकारीले ९९२७ ल्यउनु भएको हो । इलामाका सवै १० स्थानीय तहको मत परिणम आइसकेको छ ४ वटा नगरपालिका र ६ वटा गाउँपालिका रहेको इलाममा ३ वटा गउँपालिका र ४ वटै नगरपालिका नेकपा एमाले विजयी भएको छ भने ३ वटा गाउँपालिकामा नेपाली कांग्रस विजयी भएको छ ।
