इलामाका सवै १० स्थानीय तहको मत परिणम आइसकेको छ ४ वटा नगरपालिका र ६ वटा गाउँपालिका रहेको इलाममा ३ वटा गउँपालिका र ४ वटै नगरपालिका नेकपा एमाले विजयी भएको छ भने ३ वटा गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।
सन्दकपुर गाउँपालिकामा एमालेका उदय राई विजयी
इलामः नेकपा एमालेले यहाँको एक गाउँपालिकामा जीत हात पारेको छ । दस स्थानीय तह रहेको इलाममा सन्दकपुर गाउँपालिका जित्दै एमालेले जितको खाता खोलेको छ । सन्दकपुर गाउँपालिकामा नेकपा एमालेका अध्यक्षका उम्मेदवार उदय राई र उपाध्यक्ष पबित्रा पराजुलीले सानदार जीत हात परेका छन् । ५ वटा वडा रहेको सो गाउँपालिकामा एक वडाध्यक्ष र एक सदस्य (१ नम्बर वडाको) माओवादी केन्द्रले जिते बाहेक २७ सै स्थानमा एमालेका उम्मेदवार विजयी भएका छन् । एमाले अध्यक्ष विजयी उम्मेदवार उदय राईले ४५२९ र निकटतम प्रतिद्वन्द्वी नेका देवेन्द्र सुवेदीले २३५४ मत प्रप्त गरेका छन् । उपाध्यक्षमा विजयी उम्मेदवार एमाले शोभा पराजुली ३९३०मत त उनकी निकटतम प्रतिद्वन्द्वी सविता गुरुङले २१७२ मत प्राप्त गरेकी छन् ।
चुलाचुली गाउँपालिकामा नेकपा एमालेको जीत
इलामः इलामको चुलाचुली गाउँपालिकामा पनि नेकपा एमालेका उम्मेद्वार प्रदिपचन्द्र राईले जितेका छन् । पाध्यक्षमा एमालेका निर्मला दाहालले जितेकी छिन् । अध्यक्षमा विजयी भएका राईले ३ हजार ३६४ र उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजेन्द्र केरुङले ३ हजार १४९ मत ल्याएका छन् । यसरी नै उपाध्क्षमा विजयी भएकी दाहालले ३ हजार ४९३ र उनकी निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी लक्ष्मी मिस्त्रको २३ सय ९५ मत आएको छ ।
माङ्सेबुङमा अध्यक्ष कांग्रेस, उपाध्यक्ष एमाले विजयी
इलामः पश्चिमी इलामको माङ्सेबुङ गाउँपालिकाको अध्यक्षमा काङ्ग्रेसका डिकेन्द्र इदिङ्गो ३७५९ मत ल्याएर विजयी भएका छन् भने उपाध्यक्षमा एमालेकी सुनिता सुब्बा लिम्बूले २९८१ मत ल्याएर विजयी भएका छन् । निकटतम् प्रतिद्वन्द्वी अध्यक्षमा नेकपा एमालेले ३१५१ र उपाध्यक्षमा संघीय समाजवादी फोरमले २७७१ मत प्राप्त गरेका छन् ।
माईजोगमाई गाउँपालिका अध्यक्ष उपाध्यक्षमा एमाले विजयी
इलामः इलामको माई जोगमाई गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेले विजय हासिल गरेको छ । एमालेबाट जीतबहादुर राई अध्यक्षमा र सावित्रा भट्टराई उपाध्यक्षमा विजयी भएका हुन् । राईले ५६९६ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका उम्मेदवारले ३९३६ मत ल्याएका छन् । त्यस्तै भट्टराईले ५२९५ मत ल्याएर विजयी भइन् भने उनकी निकटतम प्रतिद्वन्द्वी काङ्ग्रेसकी उम्मेदवारले ३९४२ मत ल्याएकी छिन् । माईजोगमाईमा माओवादी केन्द्रका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारले क्रमशः ७२१ र ९९१ मत ल्याएका छन् ।
रोङ गाउपालिकामा नेपाली काँग्रेस विजयी
इलामः इलामको रोङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । काँग्रेससका शमसेर राईले ३९१४ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बृहस्पति खतिवडाले ३६७२ प्राप्त गरे । उपाध्यक्षमा नेपाली कांग्रेसकी चन्द्रकला राई ४११३ मतमा साथ बिजयी । उनको निकटतम प्रतिद्वन्द्वी एमालेकी विष्णुमाया खवासले ३६६७ मत प्राप्त गरिन । ६ वडा रहेको रोङमा नेकाले २,३,४ र ६ नं वडामा विजय प्राप्त गरेको छ भने एमालेले १ र ५ मा विजय हासिल गरेको छ ।
इलाम नगरपालिकामा एमालेका महेश र शुशिला विजयी
इलामः इलाम जिल्लाको सदरमुकाममा रहेको सबैभन्दा पुरानो नगरपालिका इलाममा यस पटकको स्थानीय निर्वाचनमा एमालेका तर्पmबाट नगर प्रमुख र उपप्रमुखमा क्रमशः महेश बस्नेत र शुशिला नेम्बाङ विजयी बनेका छन् । उनहरुले नेपाली कांग्रेसका उम्मेदवारहरु हिमालय कर्माचार्य र चन्दा कार्की केसीलाई फराकिलो मतान्तरले पराजित गरेर विजयी भएका हुन् ।
२०५४ सालको स्थानीय निकाय निर्वाचनमा पनि इलाम नगरपालिकाको नगर प्रमुखमा निर्वाचित महेश बस्नेतले ११०३३ मत प्राप्त गरेका छन् र नेपाली कांग्रेसका हिमालय कर्मचार्यले ९२६८ मत प्राप्त गरेका छन् । २०४२ सालको पञ्चायतकालिन स्थानीय चुनावमा निर्वाचित भई प्रधानपञ्च बनेका र २०५४ सालको स्थानीय निकाय निर्वाचनमा कांग्रेसबाट नगरप्रमुखमा उम्मेदवार बनी एमालेका महेश बस्नेतसँगै ७३ मतले पराजित बनेका हिमालय कर्माचार्यले यसपटक पनि पराजय वेहोनु परेको हो ।
उपप्रमुखका उम्मेदवारहरु एमालेकी शुशिला नेम्बाङले १०९४६ र कांग्रेसकी चन्दा कार्की केसीले ९२५४ मत ल्याएका छन् । १२ वटा वडाहरुमध्ये नगरपालिकाको वडाध्यक्षमा ६ जना एमाले र ६ जना कांग्रेसबाट विजयी भएका छन् । ६ वटा वडामा एमालेको प्यानल विजयी भएको छ भने तीन वटा वडामा कांग्रेसको प्यानल आएको छ । बाँकी तीनवटा वडामा कांग्रेसको वडाध्यक्षमा जीत भएको छ भने वडा सदस्यहरुमा बाँडिएर जित भएको छ ।
देउमाई नगरपालिकामा एमाले विजयी
इलामः इलामको देउमाई नगरपालिकामा पनि नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन् । देउमाईमा प्रमुखमा नेकपा एमालेका सुर्य पोख्रेल र उपप्रमुखमा पविमाया राई (पुष्पा) विजयी भएका छन् ।प्रमुखमा विजयी पोख्रेलले ७३४७ मत प्राप्त गरे । उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका होम दुलालले ६६४६ मत प्राप्त गरेका थिए । प्रमुखको मतान्तर ७०१ रहेको छ । उपप्रमुखमा एमालेकै पविमाया राईले ७३९१ मतका साथ विजयी भएकी हुन् । उनकी निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसकी सुर्यमाया राईले ६३९१ मत प्राप्त गरिन् । १० स्थानीय तहमध्ये ६ वटाको नतिजा यसअघि नै सार्वजनिक भइसकेको छ । केही समयअघि सार्वजनिक भएको मतपरिणाम अनुसार इलाम नगरपालिकामा नेकपा एमालेका महेश बस्नेत विजयी भएका छन् । ४ नगरपालिकामध्ये सुर्योदय र माइ नगरपालिकामा मतगणना जारी छ । दुवै नगरपालिकामा एमालेले अग्रता लिइरहेको छ ।त्यसैगरी इलाममा ६ गाउँपालिकामध्ये ५ को मतपरिणाम यसअघि नै प्रकाशित भइसकेको छ । जसमध्ये ३ वटामा नेकपा एमाले र २ वटामा नेपाली काग्रेस विजयी भएका छन् । सन्दकपुर गाउँपालिकामा उदयबहादुर राई, चुलाचुलीमा प्रदिपचन्द्र राई र माइजोगमाईमा जीतबहादुर राई विजयी भएका छन् । माङसेबुङमा नेपाली कांग्रेसका डिकेन्द्र इधिङ्गो र रोङमा कांग्रेसकै शस्मेर राई विजयी भएका छन् । फाकफोकथुम गाउँपालिकाको मतगणना जारी छ । त्यहाँ नेपाली कांग्रेसका रामकुमार श्रेष्ठले अग्रता लिइरहेका छन् ।
फाकफोकथुम गाउँपालिकामा अध्यक्ष कांग्रेस र उपाध्यक्षमा एमाले विजयी
इलामः इलामको फाकफोक थुम गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राम श्रेष्ठ विजयी भएका छन् भने उपाध्यक्षमा नेकपा एमालेकी सरस्वती राई (सरु) विजयी भएकी छिन् । अध्यक्ष श्रेष्ठले ४१४२ मत ल्याएर विजयी भएका हुन् भने निकटतम् प्रतिद्वन्द्वी एमालेका दिपेन्द्र खनालले ३९७८ मतसहित पराजित भएका हुन् । उपाध्यक्षमा एमालेकी सरस्वती राईले ४२४१ मत ल्याएर विजयी भएकी हुन् । निकटतम् प्रतिद्वन्द्वी नेपाली काग्रेसकी डालाकुमारी विष्टले ३९८३ मत ल्याएर पराजित भएकी हुन् ।
फाकफोक थुम गाउँपालिकामा उपाध्यक्षमा विजयी राई र उपाध्यक्ष पदकी निकटतम् प्रतिद्वन्द्वी विष्ट दुवै शिक्षक पेशामा थिए । उनीहरुले शिक्षकबाट राजीनामा दिएर निर्वाचनमा उम्मेदवारी दिएका हुन् । विजयी राई प्राथमिक तहकी शिक्षिकाबाट राजीनामा दिएर उपाध्यक्ष बनेकी छिन् ।
सातवटा वडा रहेको फाकफोक थुम गाउँपालिकाको तीनवटा वडामा एमालेको प्यानल, तीनवटा वडामा कांग्रेसको प्यानल र एउटा वडामा कांग्रेस एमालेको मिश्रित प्रतिनिधीले विजयी हासिल गरेका छन् । वडानम्बर १, २, ३ मा नेपाली कांग्रेसको प्यानल, ४, ५, ७ मा नेकपा एमालेको प्यानल विजयी भएको हो भने ६ मा मिश्रित नतिजा आएको हो ।
माई नगरपालिकामा प्रमुख र उपप्रमुखमा एमालेका दीपकुमार र विष्णुमाया
इलामः दक्षिणी इलामको माई नगरपालिकाको नगर प्रमुख र उपप्रमुख पदमा एमालेका उम्मेदवारहरु विजयी भएका छन् । प्रमुख पदमा एमालेका दीपककुमार थेवे र उपप्रमुख पदमा विष्णुमाया आचार्य विजयी भएका हुन् । उनीहरुले क्रमशः १५५१ र १२१३ मतको अन्तरले नेपाली कांग्रेसका उम्मेदवारहरुलाई पराजित गरेका हुन् । कांग्रेसका प्रमुख र उपप्रमुखका उम्मेदवारहरु विष्णु हेम कुमार कार्कीले ४५२६ र चन्द्रमाया लिम्बूले ४६८३ मत ल्याएका छन् । विजेताहरु दीपक कुमारले ६०७७ र विष्णुमायाले ५८९६ मत प्राप्त गरेका छन् ।
माई नगरपालिकाका १० वडाहरु मध्ये आठ वटा वडाहरुमा एमालेको प्यानल विजयी भएको छ भने एउटा वडामा काङ्ग्रेसको प्यानल विजयी भएको छ । एउटा वडामा मिश्रित परिणाम आएको छ । वडा नम्बर १, २, ४, ५, ६, ७, ८ र ९ मा एमालेको प्यानल विजयी भएको हो । वडा नम्बर १० मा नेपाली काङ्ग्रेसको प्यानल विजयी भएको छ भने वडा नम्बर ३ मा वडाध्यक्षसहित ३ जना वडा सदस्य काङ्ग्रेस र एकजना सदस्य एमाले विजयी भएका छन् । माई नगरपालिकाको वडा नम्बर १ (साविक दानाबारी गाविस ८, ९) मा एमालेको प्यानल नै विजयी भएको छ ।
सूर्योदय नगरपालिकामा एमालेका रनवहादुर राई विजयी
इलामको सूर्योदय नगरपालिकामा नेकपा एमालेका रनवहादुर राई विजयी भइका छन् । उपाध्यक्षमा पनि नेकपा एमाले कै दुर्गा भट्टराई विजयी भएकी छिन् । अध्यक्षमा विजयी राईले १२९१९ मत र उनका निकटतम प्रतिस्प्रधि नेपाली कांग्रेसका प्रेमलाल चाम्लिङले १०३२९ मत ल्याएका छन् । यसरी नै उपाध्यक्षमा दुर्गा भट्टराई १२८९० मत ल्यएर विजयी हुनुभएको छ । उनका निकटतम प्रतिस्प्रधि खगेश्वरी अधिकारीले ९९२७ ल्यउनु भएको हो ।










