लक्ष्मी लघुवित्तले गर्यौ तामाङ्ग परिवारलाई विमा रकम हस्तानतरण

देवी अधिकारी
नयाँबजार, २० असारः माई जोगमाई गाउँपालिका अन्र्तगत नयाँबजारमा रहेको लक्ष्मी लघुवित्तले मङ्गलबार एक कार्यक्रम विच विमा रकम हस्तानतरण गरेको छ । स्थानीय मृतक भिममति तामाङको श्रीमान कर्णबहादुर तामाङलाई विमा रकम स्वरुप रु १ लाख ६५ हजार रुपैया प्रदान गरेको हो । विमा रकम संस्थाका प्रमुख सतीशकुमार चौधरीले कार्यक्रम विच हस्तान्तरण गरेका थिए । लक्ष्मी लघुवित्तकी ऋणी सदस्यको मृत्यु भएका परिवारले विमा रकम पाउदै आएका छन् । संस्थामा महिला समूहका सदस्य भिममति तामाङले पशु व्यावसाय गर्नको लागी लिएको कर्जा अवधिमै उनको निधन भएकोेले विमा रकम दिइएको प्रमुख चौधरीले जानकारी गराए । ऋणीको कर्जा अवधिमै मृत्यु भएमा उक्त ऋण रकमको विमा समेत गरिने हुदा संस्था र ऋणी कुनै पनि दुुर्घटनामा आर्थिक रुपमा सुरक्षित हुने प्रमुख चौधरीले वताए ।
समृद्ध पहाड युकेद्वारा सञ्चालित सफल परियोजनाको डिफिसिट फाइनान्सिङ कार्यक्रमको मोडल अन्तरगत लघुवित्त संस्थाको शाखाहरु ग्रामिण भेगमा खोलिदिने क्रममा लक्ष्मी लघुवित्त वित्तीय संस्थाको स्थापना गरिएको थियो । नयाँवजारमा कुनैपनि औपचारिक वित्तीय संस्था नभउको समयमा लक्ष्मी लघुवित्त वि. सं २०७० फाल्गुन ०२ गते स्थापना भई स्थानीय स्तरमा सेवा प्रदान गदै आई रहेको छ । संस्थाले विपन्न वर्ग, जनजाति, दलित तथा पिछडिएको वर्गलाई समेटी समुह गठन गरी ऋण प्रवाह मार्फत कार्यक्रम विस्तार गर्दै ग्रामीण क्षेत्रका जनताहरुको जीवन स्तर सुधार गदै आईरहेको छ । संस्थाले ऋणी किसानहरुलाई जिविकोपार्जन तालिमहरु तथा वित्तीय साक्षरता तालिम समेत प्रदान गर्दै आइरहेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता