इलाम नगरपालिकामा एमालेका महेश र शुशिला विजयी

इलामः इलाम जिल्लाको सदरमुकाममा रहेको सबैभन्दा पुरानो नगरपालिका इलाममा यस पटकको स्थानीय निर्वाचनमा एमालेका तर्फबाट नगर प्रमुख र उपप्रमुखमा क्रमशः महेश बस्नेत र शुशिला नेम्बाङ विजयी बनेका छन् । उनहरुले नेपाली कांग्रेसका उम्मेदवारहरु हिमालय कर्माचार्य र चन्दा कार्की केसीलाई फराकिलो मतान्तरले पराजित गरेर विजयी भएका हुन् ।
२०५४ सालको स्थानीय निकाय निर्वाचनमा पनि इलाम नगरपालिकाको नगर प्रमुखमा निर्वाचित महेश बस्नेतले ११०३३ मत प्राप्त गरेका छन् र नेपाली कांग्रेसका हिमालय कर्मचार्यले ९२६८ मत प्राप्त गरेका छन् । २०४२ सालको पञ्चायतकालिन स्थानीय चुनावमा निर्वाचित भई प्रधानपञ्च बनेका र २०५४ सालको स्थानीय निकाय निर्वाचनमा कांग्रेसबाट नगरप्रमुखमा उम्मेदवार बनी एमालेका महेश बस्नेतसँगै ७३ मतले पराजित बनेका हिमालय कर्माचार्यले यसपटक पनि पराजय वेहोनु परेको हो । 
उपप्रमुखका उम्मेदवारहरु एमालेकी शुशिला नेम्बाङले १०९४६ र कांग्रेसकी चन्दा कार्की केसीले ९२५४ मत ल्याएका छन् । १२ वटा वडाहरुमध्ये नगरपालिकाको वडाध्यक्षमा ६ जना एमाले र ६ जना कांग्रेसबाट विजयी भएका छन् । ६ वटा वडामा एमालेको प्यानल विजयी भएको छ भने तीन वटा वडामा कांग्रेसको प्यानल आएको छ । बाँकी तीनवटा वडामा कांग्रेसको वडाध्यक्षमा जीत भएको छ भने वडा सदस्यहरुमा बाँडिएर जित भएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता