सुुर्योदय नगरपालिकाको निर्वाचन अधिकृतले हुकुमी शैली देखाए

इलाम: सुर्योदय नगरपालिकाको निर्वाचन अधिकृत राजेन्द्र भट्टराईले निर्वाचनको सुचना संकलनका लागी गएका पत्रकारलाई सुचना नदिइ फर्काउने गरेका छन । पछिल्लो परिणाम संकलनको लागी सुचना लिन गएका पत्रकारलाई मत परिणाम नटिपाउने, बस्न नदिने र सुचना पार्टीमा टासिएपछि त्यै सारेर रिर्पोटिङ गर्नु भनेर फर्काउने गरेका हुन ।
मतगणना सम्पन्न भएको २ घण्टा बढी समयसम्म पनि निर्वाचन अधिकृत भट्टराईले जनताको सुचना पाउने हकबाट बञ्चित गराउदै आएका छन । सर्वदलिय बैठकमा मतगणना कार्य सुरु भएको जानकारी भएपछि मतगणना कार्य भइरहेको अवस्थामा उपयुक्त अनुसार सामान्यतया परिणाम प्राप्त भएको १ घण्टाभित्र सार्वजनिक गर्ने निर्णय गरिएको भएपनि अधिकृत भट्टराईले आफैले नियमको पालना गरेको पाइदैन । पत्रकार सुचना लिन जाँदा सुचना नै नदिएको र भित्तामा टासिएको अस्पष्ट सुचना हेरेर रिपोटिङ गर्नु भनेर थर्काउदै आइरहेका छन ।
मतगणना स्थलमा जाने पत्रकारलाई समेत भट्टराईले “ तिमी किन भित्र बाहिर जाउँ बोडमा टासिएको छ त्यै पढ” भन्दै गैर जिम्मेवारपुर्ण जवाफ दिएका छन् । अधिकृत भट्टराईले समाचार सम्प्रेषणका लागी पत्रकार पास दिन समेत आनाकानी गरेका थिए । समाचार सम्प्रेषणको लागी एउटा पास उपलव्ध गराएपनि सुचना लिन जाने पत्रकारलाई प्रहरी लगाएर गेटमा नै रोक्ने गरेका छन । निर्वाचन अधिकृतको कार्यालयले भित्तामा टासेको अस्पष्ट सुचना बुझन जाने पत्रकारलाई त्यै हो अहिले टिपाउन सकिदैन भन्दै फर्काएका छन ।
भट्टराईले मतगणनाको पहिलो दिन रेडियो फिक्कलका सहसम्पादक एवम नेपाल पत्रकार  दिनेश महतलाई सुचना दिनका लागी आनाकानी गर्दै पदिय मर्यादा विपरितको आचरण देखाए । विहान १० बजे सुरु भएको मतगणनाको पहिलो विवरण बेलुका ५ बजेसम्म सार्वजनिक नगरेपछि परिणाम सुन्न आतुर जनताको सुचनाको हक अधिकारको लागी मतगणनास्थलमा गएको कारण महतलाई त्यसै फर्काका थिए । यस्तै आज थाहा मिडिया ग्रुपका इलाम सम्वाददाता नमीन ढकालले मत परिणामको प्रिन्ट माग्दा “किन चाहीयो तिम्लाई प्रिन्ट बाहिर टासेको छ कापीमा टिप, त्यै भन, तिमी तुरुन्त बाहिर जाउ यहाँ आउन मिल्दैन” भन्दै आफनो अहमता देखाए । भट्टराईले शनिवार बेलुका अस्पष्ट मत परिणाम दिएपछि ढकाल स्पष्ट बुझनका लागी निर्वाचन अधिकृतको कार्यालयमा गएका थिए ।
यस्तै सुर्योदय नगरपालिकाको वडा नं ६ र ७ को अन्तिम परिणाम लिन गएका नेपाल टेलिभिजनका पत्रकार  सुजन तिम्सिनाले पछिल्लो मतपरिणाम प्रिन्ट गरेर दिनु हामी सवै पत्रकारका लागी हुन्छ भन्दा नदिने सुचना पार्टीमा टासिन्छ त्यै टिप्नु भन्दै फर्काएका थिए । भट्टराईले मतदानको दिन समेत मतदान केन्द्रमा सहज रुपमा मतगणना भइरहेपनि पत्रकारलाई फोटो खिच्न र मतदान केन्द्र प्रवेशमा रोक लगाउन प्रहरीलाई निर्देशन दिएका थिए । लोकल सन्देशबाट
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता